Janakpurdham
Fri, Oct 17, 2025
`

सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

उदयपुर, माघ ८ : गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान स्थायी रुपमा रोक्न मित्रराष्ट्र भारतसँग सहमति गरेर अघि बढ्ने बताएका छन्।

उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको मंगलवार अनुगमन गर्दै उनले कटान रोक्न आवश्यक पहल गरिने बताएका हुन्।

‘सप्तकोशीले गर्ने कटान रोक्न अस्थायी र दीर्घकालिन योजनासहित सरकारले कदम चाल्छ’, गृहमन्त्री लेखकले भने । तत्कालका लागि विपद् व्यवस्थापन विभागबाट अस्थायी योजना सञ्चालन गरेर भएपनि कटान रोक्न पहल गरिने उनको भनाइ थियो ।

गृहमन्त्री लेखकले बेलका नगरपालिका–८ को सिसौली, सप्तकोशी पुल क्षेत्रको लाहुरेखोँज र वडा नं ७ का कोठु क्षेत्रको नदी कटान क्षेत्रको अवलोकन गरे ।

तत्काल बेलकास्थित सप्तकोशी पुलदेखि तीन किलोमिटर तलसम्म अस्थायी तटबन्धको योजना तयार गरेर नियन्त्रण गरिने तथा सप्तकोशी पुलदेखि ११ किलोमिटर तल सप्तरीसम्मको क्षेत्र कटान रोक्न स्थायी योजना ल्याउने तयारी गरिएको गृहमन्त्री रमेश लेखकले बताए ।

उनीसँगै नेपाली कांग्रेसका नेता तथा उदयपुर निर्वाचन क्षेत्र नं १ का सांसद डा. नारायण खड्काले समेत कटान क्षेत्रको अनुगमन गरेका थिए ।

बर्सेनी सप्तकाशीको बाढीले तटीय क्षेत्रमा कटान गर्दैआएको छ । कटानका कारण यहाँ सयौँ परिवार विस्थापित भएका बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले बताए ।

‘तत्काल उच्च जोखिम रहेको तीन किलोमिटर क्षेत्रमा यसै वर्षदेखि अस्थायीरुपमा भए पनि तटबन्धको योजना अघि बढाउन गृहमन्त्री लेखकमार्फत सरकारको ध्यानाकर्षण गराएका छौँ’, उनले भने ।

गृहमन्त्री लेखकले आजै सप्तकोशी नदी कटानको अवलोकनपछि त्रियुगा नदीको कटान क्षेत्रको अनुगमन गरेको सांसद डा. खड्काले बताए ।

साभार ः काठमाडौं प्रेस

`
12 comments
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

22 घन्टा पहिले

क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..

22 घन्टा पहिले

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

2 दिन पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

2 दिन पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

3 दिन पहिले