Janakpurdham
Sat, May 09, 2026
`

बहुवर्षीय योजनामा समेटियो लाामाबगर–भिट्टामोड लोकमार्ग, २० करोड बजेट

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

चरिकोट,माघ ८ गते । सरकारले भारत–चीनजोड्ने उत्तर–दक्षिण लोकमार्ग अन्तर्गत लामाबगर भिट्टामोड सडक योजनाका लागि २० करोड स्रोतको सहमति प्रदान गरेको छ ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाकाअनुसार उक्त सडकलाई बहुवर्षीय योजनामा समाबेश गर्दै स्रोत सुनिश्चित गरिएको हो ।

यो लोकमार्गका लागि मन्त्रालयबाट स्रोत सहमतिप्रदानगरिएको पत्रप्राप्तभएको डिभिजन सडक कार्यालय चरिकोटका डिभिजन प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए ।

‘मन्त्रालयबाट नाकासम्म सडक जोड्ने, मर्मत, स्तरोन्नतिगर्ने निर्देशनसहितको पत्रआएको छ, प्रक्रिया पुरा गरेर टेन्डर मार्फत योजना कार्यान्वयन अघि बढाउछौँ, उनले भने ।’ 

भिट्टामोड–जलेश्वर–बर्दीबास–खुर्कोट–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चे सडक नेपाल, भारत र चीनजोड्ने सबैभन्दा छोटो दूरीको त्रिदेशीय लोकमार्ग हो । महोत्तरीको भिट्टामोडदेखि दोलखाको लामाबगर हुँदै चीनको याङ्लुङसम्मको जम्मा दूरी २४८ किलोमिटर मात्रै छ ।

एमाले पोलिट व्युरो सदस्यपार्वत गुरुङले आफु संचार तथा सूचना प्रबिधिमन्त्री हुँदा२०७७/०७८ को नीति तथा कार्यक्रम र बजेटमा यो लोकमार्गलाई पहिलो पटक राष्ट्रिय राजमार्गको रुपमा समाबेश गराएका थिए । त्यसपछि योजना कार्यान्वयनका लागि जिल्लाको सर्बदलीय टोली पटक पटक डेलिगेसन गएको थियो ।

एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले विगतको नीति तथा कार्यक्रममा समाबेश भएको योजनालाई निरन्तरता दिँदै सरकारले बजेट छुट्याउनु खुसीको विषय भएको बताए । उनकाअनुसार एमाले दोलखाले यो विषयलाई सचिवालय बैठकको एजेन्डा बनाएर सरकारलाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

सडक डिभिजनका अधिकारीहरुकाअनुसार चीनसम्म जोडिने सडकको बाँकी ट्रयाक खोल्न उक्त बजेट खर्च हुनेछ । महोत्तरीको भिट्टामोडदेखि लामाबगरको लप्ची र लुम्नाङ क्षेत्रसम्मसडक पहुँचपुगिसकेको छ । चीनको बोर्डर जोडिन अब लगभग ५/६किलोमिटर सडकको ट्रयाक खोल्नुपर्नेछ ।

त्यसका लागि चालु आर्थिक वर्षभित्रै टेन्डर आव्हान गरी सम्झौतागर्ने सडक डिभिजन कार्यालयको तयारी छ । सडक संजाल चिनियाँ नाकासम्म जोडिए पनि नाका खोल्न भने चीन हालसम्म तयार नभएको बताइएको छ । सडक संजाल जोडिएर नाका समेत संचालनमाआए नेपालको आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने सरोकारवालाहरुको अपेक्षा छ ।

साभार ः नेपाल प्रेस

`
12 comments
सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..

धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..

24 घन्टा पहिले

पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यला..

काठमाडौं, वैशाख २५ : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सु..

24 घन्टा पहिले

नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा..

काठमाडौं, वैशाख २४ : विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध..

2 दिन पहिले

भिजिट भिसामा घरेलु कामदार बनेर विदेशिने महिलाको तथ्यां..

काठमाडौं, वैशाख २४ : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन..

2 दिन पहिले

८ अध्यादेश ल्याएपछि संघीय संसद अधिवेशन आह्वान गर्न सरका..

काठमाडौं, वैशाख २२ : सरकारले संघीय संसद्को दुवै सदनको बैठक वैशाख २८ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस ..

4 दिन पहिले