Janakpurdham
Sat, Oct 17, 2026
`

आज घर–घरमा फूलपाती भित्र्याइँदै

2 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिपूर्वक फूलपाती भित्र्याइँदैछ।

घटस्थापनादेखि दुर्गा स्थापना गरिएको दशैंघर तथा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष गरी नौ प्रकारका वनस्पति (नवपत्रिका) भित्र्याउने धार्मिक परम्परा छ।

धार्मिक मान्यताअनुसार यी नौ वनस्पति नवदुर्गाका सहायक देवीहरूका प्रतीक हुन्। केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी शास्त्रीय विधिपूर्वक शक्तिको आराधना गरिन्छ ।

यसैबीच, ऐतिहासिक हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइँदैछ।

गोरखाबाट धादिङको जीवनपुरसम्म मगर समुदायका पुजारीहरूले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म ब्राह्मणहरूले बोकेर ल्याउने परम्परा रहिआएको छ। जमलबाट भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गुर्जुको पल्टन, निजामती सेवाका उच्च अधिकारी तथा सांस्कृतिक बाजागाजा र लावालस्करसहित भव्य शोभायात्राका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याइन्छ ।

 

साभार: काठमाडौं प्रेस

 

 

`
12 comments
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

2 घन्टा पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

2 घन्टा पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

1 दिन पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

1 दिन पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

2 दिन पहिले