
प्रदेश सरकारले बनाएको कानूनको कार्यान्वयन गर्न सरकार दृढ : गृहमन्त्री लेखी
3 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,माघ ११ गते । मधेश प्रदेशका गृह,सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले मधेश प्रदेश सरकारले बनाएको कानूनको कार्यान्वयनका लागि प्रदेश सरकार गम्भीर भएर लागेको बताउनु भएको छ ।
गृहमन्त्री लेखीले मन्त्रालयद्वारा आयोजना गरेको प्रदेश कानून कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरूसँग आज जनकपुरधाममा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।
उहाँले प्रदेश सरकारले बनाएको कानूनलाई कार्यान्वयनका लागि सरोकारवाला निकायको सहयोग तथा साथ आवश्यक भएको बताउँदै कानून जस्तोसुकै राम्रो भएपनि यसको कार्यान्वयन भएन भने त्यसको कुनै औचित्य नरहने बताउनु भयो ।
कानूनमन्त्री लेखीले मधेश प्रदेश सरकारले हालसम्म ६४ वटा कानून प्रदेश सभाबाट पारित गरेको बताउँदै प्रदेश सरकारबाट कानूनको जून रुपमा कार्यान्वयन हुनु पर्दथ्यो त्यसमा कमी रहेको बताउँदै अगामी दिनहरूमा कानूनलाई प्रभावकारी कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले प्रदेश सरकारले बनाएको कानूनलाई प्रभावकारी कार्यान्वयनका लागि नै कानून बनाउने, कानूनको व्याख्या गर्ने तथा कानूनको कार्यान्वयन गर्ने निकायको सहभागिता गराएर अन्तरक्रिया गराएको बताउनु भयो ।
मधेश प्रदेश सभाका सदस्य रामअशिष यादवले प्रदेश सभाबाट हालसम्म ६४ वटा कानून पारित भएको बताउँदै कानूनको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारसँग प्रहरी तथा आफ्नै निजामती प्रशासन हुन आवश्यक भएको बताउनु भयो ।
प्रदेश सभाका सदस्य संजय यादवले सङ्घीयतालाई रुचाउनेले प्रदेशको कानूनलाई कार्यान्वयन गर्ने र नरुचाउनेले अनदेखा गर्ने बताउँदै कानूनको कार्यान्वयन गर्ने प्रमुख निकायको रुपमा रहेको निकायहरूको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रम कानून कार्यान्वयनका लागि महत्त्वपूर्ण भएको बताउनु भयो ।
उच्च अदालत जनकपुरधामका न्यायाधीश महेन्द्रनाथ उपाध्यायले प्रदेशको कानुनहरू स्थानीय तहले कुन रुपमा कार्यान्वयन गरेको छ त्यसको अनुगमन हुन जरुरी रहेको बताउनु भयो । सो अन्तरक्रिया कार्यक्रममा उच्च, जिल्ला अदालतका न्यायाधीशहरू, सरकारी वकिलका कार्यालयका प्रतिनिधिहरू, नेपाल वार एशोसिएशनका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेका थिए ।
साभार ः रेडियो नेपाल

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते
काठमाडौँ ,बैशाख २ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १७ गते बस्ने भएको छ । पार्टी के..
23 घन्टा पहिले
मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरु..
जनकपुरधाम ,बैशाख २ गते । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रकृतिप्रति संवेदनशीलता अभिवृ..
23 घन्टा पहिले
नयाँ वर्ष मनाउन मठ मन्दिरदेखि पिकनिक स्थलसम्म युवायुवत..
जनकपुरधाम,बैशाख १ गते । नयाँ वर्ष २०८२ को अवसरमा धनुषा तथा महोत्तरी जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलमा नयाँ व..
2 दिन पहिले
नयाँ वर्षसँगै मिथिलामा भोली जुडशीतल पर्व मनाइने
जनकपुरधाम,बैशाख १ गते । नयाँ वर्षका दिन आज मिथिलाका घर घरमा खानाका विभिन्न परिकारहरू तयार पारेर खाने चलन रहेको ..
2 दिन पहिले
सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेक..
ललितपुर, चैत ३१ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सामाजिक सद्भाव ..
2 दिन पहिले