यु–१९ महिला विश्वकप क्रिकेट : नेपालद्वारा मलेसिया पराजित
9 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ,माघ ११ गते । आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ ।
कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले हराएको हो ।
मलेसियाको जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर पहिला फिल्डिङ राजेको थियो । मलेसियाले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल बनायो । छयालिस रनको सामान्य लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि कप्तान पूजाले अविजित २३ रनको योगदान दिइन् । उनले ३२ बल खेल्ने क्रममा चार चौका प्रहार गरिन् । यसैगरी, ज्योत्सिन्का मरासिनले सात र सिमाना केसीले अविजित चार रन जोडिन् । बलिङतर्फ मलेसियाका लागि मार्सा क्विस्टिना बिन्टी अब्दुल्लाहले तीन विकेट लिइन् ।
यसअघि, ब्याटिङ गर्ने क्रममा मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका लागि पूजा महतो एक्लैले चार विकेट लिइन् भने रचना चौधरीले तीन विकेट लिइन् । त्यसैगरी, रिया शर्मा र सिमाना केसीले एक एक विकेट लिए ।
विश्वकपको समूह ‘डी’ मा रहेको नेपाल यसअघि समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । नेपालले स्कटल्यान्ड, अस्ट्रेलिया र बङ्गलादेशसँग हार बेहोरेको थियो । यस्तै, समूह ‘ए’ मा रहेको मलेसिया पनि समूह चरणमा भारत, श्रीलङ्का र वेस्ट इन्डिजसँग पराजित भएको थियो ।
साभार ः रेडियो नेपाल
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
2 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
2 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
3 दिन पहिले
तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड
महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..
3 दिन पहिले
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..
काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..
3 दिन पहिले