Janakpurdham
Fri, Oct 17, 2025
`

नेपाल भारत खुला सिमा संवाद समुहद्वारा सिमाक्षेत्र अवलोकन

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, माघ १३  गते ।  नेपाल-भारत खुला सिमाको विशेषता र त्यसले जनजीवनमा पार्ने प्रभावलाई उजागर गर्ने क्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोरको नेतृत्वमा नेपाल-भारत खुला सिमा संवाद समूहको अध्यक्ष डा
राजीव झा प्रवक्ता प्रमोद रंगीले बाल अभियानी आदित्य झा लागायतको टोलीले बिदेह नगरपालिका वडा नम्बर -२, दुहबीमा रहेको ऐतिहासिक दुर्गा मन्दिर र दुर्वासा ऋषिको गढको रूपमा परिचित दुर्वासागढ लगायत सीमा क्षेत्रमा अबस्थित ऐतिहासिक ठाउँहरुको निरीक्षण गरेको छ।

निरीक्षणका क्रममा दशगजामा देखिएका दृश्यले नेपाल-भारत सम्बन्धको गहिरो भाइचाराको झलकहरु देखियो। दुबै देशका युवाहरू दसगजामा क्रिकेट खेल्दै र आपसमा सौहार्द साट्दै थिए। साथै, घाम ताप्दै त कोहि दाउरा सुकाउँदै गरेका दैनिकी गतिविधिहरू पनि देखिए। यस्तो दृश्यले नेपाल-भारत खुला सीमाको विशेष सम्बन्धलाई प्रस्ट पार्दछ, जहाँ सामान्यतः अन्य देशहरूको सिमामा बन्दुकसहितको कडा सुरक्षा हुने गर्छ ।
नेपाल भारतको विशेषता भनेकै सीमाक्षेत्रमा रहेका किसानहरू र परिवारहरूको साझा सम्बन्ध हो। धेरै किसानका खेत खलिहानहरू दुबै देशमा फैलिएका छन् भने थुप्रै परिवारका सदस्यहरू नेपाल र भारतका दुई किनारामा बसोबास गरिरहेका छन्। यो सम्बन्ध सिमाना निर्धारण हुनु भन्दा अगाडि एउटै देशमा रहेको इतिहाससँग जोडिएको छ।
यस निरीक्षण भ्रमणले खुला सिमाको सामाजिक, सांस्कृतिक, र आर्थिक महत्त्वहरु उजागर गर्दै नेपाल-भारतबीचको विशेष सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्‍याएको देखिन्छ।

`
12 comments
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

22 घन्टा पहिले

क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..

22 घन्टा पहिले

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

2 दिन पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

2 दिन पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

3 दिन पहिले