Janakpurdham
Mon, Sep 21, 2026
`

चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारको बजेट खर्च न्यून

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,माघ १४ गते । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा अत्यन्त न्यून मात्रामा बजेट खर्च गरेको छ । 

मधेस प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पुस मसान्तसम्ममा कुल बजेटको पाँच दशमलव ८३ प्रतिशत अर्थात् रु दुई अर्ब ४४ करोड ६० लाख मात्र खर्च भएको छ । जसमा पुँजीगततर्फ एक दशमलव ३३ प्रतिशत तथा चालुतर्फ १३ दशमलव ५३ प्रतिशत खर्च भएको छ ।

मधेस सरकारले चालुतर्फ रु १५ अर्ब ३५ करोड ९१ लाख ४१ हजार र पुँजीगततर्फ रु २६ अर्ब ५७ करोड ४६ लाख ७९ हजार गरी कुल रु ४१ अर्ब ९३ करोड ३८ लाख २० हजार बराबरको बजेट विनियोजन गरेको थियो । 

मधेस प्रदेश लेखा नियन्त्रकको कार्यालयबाट प्राप्त विवरणमा विगत छ महिनामा मुख्यमन्त्री कार्यालयको रु चार करोड ७५ लाख, अर्थ मन्त्रालयको रु चार करोड पाँच लाख, वाणिज्य तथा पर्यटन मन्त्रालयको रु सात करोड ९९ लाख खर्च भएको छ । त्यसैगरी भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको रु १५ करोड ५२ लाख, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको रु २८ करोड ८६ लाख, गृह, सञ्चार तथा कानुन मन्त्रालयको रु तीन करोड ४८ लाख र वन तथा वातावरण मन्त्रालयको रु ३८ करोड तीन लाख खर्च भएको उल्लेख छ ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २४ करोड ८४ लाख, शिक्षा तथा संस्कृति मन्त्रालयको रु १८ करोड १२ लाख, श्रम तथा यातायात मन्त्रालयको रु सात करोड ८३ लाख एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु ५७ करोड ६१ लाख बजेट खर्च भएको जनाइएको छ ।

प्रतिशतका आधारमा मुख्यमन्त्री कार्यालयको आठ दशमलव ९६ प्रतिशत, अर्थ मन्त्रालयको १७ दशमलव ०६ प्रतिशत, उद्योग मन्त्रालयको दुई दशमलव ६८ प्रतिशत, भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालयको पाँच दशमलव ५६ प्रतिशत, ऊर्जा तथा सिँचाइ एवं खानेपानी मन्त्रालयको पाँच दशमलव ४९ प्रतिशत खर्च भएको छ । 

त्यसैगरी गृह, सञ्चार तथा कानुन मन्त्रालयको चार दशमलव ४९ प्रतिशत खर्च भएको देखिएको छ । वन तथा वातावरण मन्त्रालयको १५ दशमलव ६८ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको एक दशमलव ८८ प्रतिशत, शिक्षा तथा संस्कृति मन्त्रालयको छ दशमलव १८ प्रतिशत, श्रम तथा यातायात मन्त्रालयको सात दशमलव ८३ तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ११ दशमलव ०४ प्रतिशत बजेट खर्च भएको उल्लेख छ ।

राजनीतिक अस्थिरता तथा समयमा बजेट निकासा नहुँदा विनियोजित बजेट खर्च हुन नसकेको सम्बन्धित निकायले जनाएका छन् । जसपा नेपालका सचेतक तथा प्रदेश सांसद रामअशिष यादवले सरकारको कमीकमजोरीले बजेट खर्चमा समस्या देखिएको बताउनुभयो । बजेट खर्चका लागि प्रदेश सरकारले सङ्कल्प प्रस्तावसमेत पारित गरेको छ ।


साभार ः रेडियो नेपाल

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले