Janakpurdham
Thu, Sep 18, 2025
`

हंसपुर नगरपालिका नगरस्तरीय पेन्सन वञ्चित संघर्ष समिति गठन , अध्यक्षमा सुनिल कुमार यादव

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, माघ १४ गते ।  हंसपुर नगरपालिका–२ स्थित श्री उच्च माध्यमिक विद्यालय बघचौडामा पालिकाका निवृतिभरण (पेन्सन) वञ्चित शिक्षकहरुको उपस्थितिमा हंसपुर नगरपालिका नगरस्तरीय पेन्सन वञ्चित संघर्ष समिति गठन गरिएको छ । शिक्षकहरुका लागि पेन्सन र अन्य सुविधाको हकको रक्षा गर्न र वञ्चित शिक्षकहरुको समस्या समाधान गर्नु समिति गठनको मुख्य उद्देश्य रहेको बताइएको छ । समितिको अध्यक्षमा सुनिल कुमार यादवलाई चयन गरिएको छ भने उपाध्यक्षमा मिना कुमारी यादव सचिवमा राजन कुमार सिंह र कोषाध्यक्षमा विनोद कुमार मंडल चयन भएका छन । समितिको सदस्यहरुमा ममता मंडल ,संतोष कुमार साह , विजय कुमार मंडल , अनिता साह , रुबी यादव , रामकिशोर मंडल , सुरेश रजक , दिपक कुमार कर्ण , जिवछ कुमार मंडल , शत्रुधन साह र जितेन्द्र साह सर्वसम्मत चयन भएका छन । समिति गठनको मुख्य उद्देश्य वञ्चित शिक्षकहरुको पेन्सन र अन्य भत्ताको लागि संघर्ष गर्नु रहेको बताइएको छ । समितिका सदस्यहरुले यस संघर्षमा एकजुट भएर आफूहरूको हकका लागि संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी दिनमा शिक्षकहरुको समस्याको समाधानका लागि विभिन्न कदमहरु चालिने र स्थानीय प्रशासनसँग समन्वय गरेर मुद्दाको समाधानको प्रयास गरिने समिति सदस्यहरुले जानकारी दिएका छन । समिति गठनपछि अध्यक्ष यादवले यस्तो संघर्षमा सबै शिक्षकलाई एकजुट र संलग्न हुने आह्वान गर्दै शिक्षकहरुको हकको रक्षा र सम्मानको लागि यो कदम महत्वपूर्ण हुने बताए । समिति गठनको कार्यक्रममा विभिन्न शिक्षकहरुले आफ्नो विचार राख्दै पेन्सनको समस्यालाई तत्काल समाधान गर्नका लागि समुहको संघर्ष जारी राख्नुपर्नेमा जोड दिए ।
 
 
 

`
12 comments
Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..

जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..

7 घन्टा पहिले

मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..

काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..

21 घन्टा पहिले

कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..

काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..

21 घन्टा पहिले

मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..

2 दिन पहिले

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गते ..

काठमाडौं, भदाै ३० : नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर..

2 दिन पहिले