शिक्षा र स्वास्थ्यको ३ प्रतिशत करबाट पछि हट्यो सरकार
2 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, साउन ५ : निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत करबाट सरकार पछि हटेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ गते बजेट भाषण गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशतका दरले समता कर लगाएका थिए। उक्त कर साउन १ गतेदेखि लागू भएको थियो।
प्रधानमन्त्री बालेन शाहले समाजिक सञ्जालबाट उक्त कर नलिने बताएका छन्। सरकार लागू भएको ४ दिनपछि नै पछि हटेको हो।
‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
सरकारले निजी शिक्षाको समता करबाट वार्षिक २ अर्ब २१ करोड रुपैयाँ र स्वास्थ्यबाट २ अर्ब ३८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो।
प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि समता कर नलिने निर्णय गरिएको उल्लेख गरेका हुन्। सोमबार मात्रै यस करबाट कति राजश्व उठ्ने र प्रभाव के हुने भन्ने विषयमा अर्थमन्त्रीले मातहत कर्मचारीहरूसँग छलफल गरेका थिए।
साभार: काठमाडौं प्रेस
भोटेकोशी बाढी : ७ हजार ५७० घर पूर्ण क्षतिग्रस्त, ३२ हजारभन..
काठमाडौं, भदाै २० : त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको सकुशल जीवितै उद्धार गरिए..
3 घन्टा पहिले
श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलले गरे कृष्ण मन..
काठमाडौं, भदाै १९ : श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहि..
3 घन्टा पहिले
हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याउन प्रधानमन्त्..
काठमाडौं, भदाै १८ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता ग..
2 दिन पहिले
भोटेकोशी बाढी : १ हजार २५२ जनाको शव फेला, ४ हजार २१६ सम्पर्..
काठमाडौं, भदौ १८ : रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म १ हज..
2 दिन पहिले
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..
नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..
5 दिन पहिले