शिक्षा र स्वास्थ्यको ३ प्रतिशत करबाट पछि हट्यो सरकार
3 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, साउन ५ : निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत करबाट सरकार पछि हटेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ गते बजेट भाषण गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशतका दरले समता कर लगाएका थिए। उक्त कर साउन १ गतेदेखि लागू भएको थियो।
प्रधानमन्त्री बालेन शाहले समाजिक सञ्जालबाट उक्त कर नलिने बताएका छन्। सरकार लागू भएको ४ दिनपछि नै पछि हटेको हो।
‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
सरकारले निजी शिक्षाको समता करबाट वार्षिक २ अर्ब २१ करोड रुपैयाँ र स्वास्थ्यबाट २ अर्ब ३८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो।
प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि समता कर नलिने निर्णय गरिएको उल्लेख गरेका हुन्। सोमबार मात्रै यस करबाट कति राजश्व उठ्ने र प्रभाव के हुने भन्ने विषयमा अर्थमन्त्रीले मातहत कर्मचारीहरूसँग छलफल गरेका थिए।
साभार: काठमाडौं प्रेस
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे कà..
काठमाडौँ, कार्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घà..
3 घन्टा पहिले
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
काठमाडौँ, कार्तिक ३ गते । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष à¤..
3 घन्टा पहिले
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
2 दिन पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
2 दिन पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
3 दिन पहिले