Janakpurdham
Fri, Oct 17, 2025
`

संविधान संशोधन एमाले–कांग्रेसको मात्रै मुद्दा होइन : शेखर कोइराला

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

विराटनगर, माघ १७ :  नेपाली कांग्रसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संविधानमा प्राप्त उपलब्धिलाई संरक्षण गर्दै संविधान संशोधन जरुरी रहेको बताएका छन् ।

विहीबार नेपाल नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि बिभाग र डेमोक्याटिक लयर्स यसोसियसनले संयुक्त आयोजनामा भएको ‘संविधान संसोधन, आवश्यक्ता र चुनौती’ विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमा बोल्दै कोइरालाले यस्तो बताएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोइरालाले भने, ‘प्रतिनिधि सभामा भएका सिटमध्ये महिलाको सिट ३३ प्रतिशत चुनाव लड्ने सुरक्षित गरौं । जहाँ महिला महिला नै लड्ने बातावरण नबनाऔं । दलितलाई पनि चुनाव लड्ने वातावरण बनाऔं ।’

कोइरालाले सरकारले गर्ने हरेक गलत कुराको समर्थन गर्न नसकिने बताए ।

नेता कोइरालाले संविधान निर्माणका बेला आफूले संविधान सभामा राखेको संशोधनको प्रस्तावका बारेमा सम्झिदै भने,‘त्यो वेला संविधान यथास्थितिमा हुन सक्दैन भनेर नै संशोधन हालिएको थियो । त्यहाँ त मार्सल लगाएर बाहिर निकालिएको अबस्था थियो ।’

नेता कोइरालाले संविधान संशोधन सबैको सहमतीमा हुनुपर्ने कुरालाई जोड दिएका छन् । ‘यहाँ केपी ओलीजी वहूमत नपुग्ने देखेर ०८७ सालमा मात्रै हुने कुरा गर्दै हिड्नुभएको छ । तर संविधान कांग्रेसको मात्रै हो र ? एमालेको मात्रै हो र ? त्यसकारण सबैलाई समेटेर अगाडि बढ्नुपर्छ ।’

डा. कोइरालाले न्याय परिषदमा भागवण्डाको कुराले न्यायपालिका जर्जर भएको उल्लेख गरे । ‘यहाँ न्यायाधीश कसको कोटाबाट पर्यो भन्ने अवस्था थियो । न्यायपालिका स्वतन्त्र हुनुपर्यो,’ उनले भने ।

साभार ः काठमाडौं प्रेस

`
12 comments
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

22 घन्टा पहिले

क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..

22 घन्टा पहिले

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

2 दिन पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

2 दिन पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

3 दिन पहिले