
राजनीतिलाई देखाएर विदेश जाने प्रवृत्ति बढ्दै गएको छ : उपप्रधानमन्त्री सिंह
9 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौँ ,माघ १९ गते । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिबारे गलत भाष्य निर्माण गर्न खोजिएको बताउनुभएको छ ।
विश्व निकेतन माविको ७९औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले पढाइ तथा अन्य क्षेत्रमा अब्बल भएकाका लागि प्रशस्त ठाउँ रहेको बताउनुभयो । “राजनीतिलाई देखाएर यहाँ केही हुँदैन भनेर विदेश जाने प्रवृत्ति बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।
विश्व निकेतन मावि उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै देशका सबै विद्यालयका लागि नमूना बनेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । विद्यालयको स्थापनामा आफ्ना पिता गणेशमान सिंहको स्मृतिसमेत जोडिएको उल्लेख गर्दै उहाँले विद्यालयको उत्थानका लागि सक्दो सहयोग गर्दैआएको बताउनुभयो ।
विसं २००३ मा एउटा सत्तलबाट पठनपाठनको सुरुआत भएको उक्त विद्यालयले उत्कृष्ट शैक्षिक नतिजा दिँदै आएको छ ।
साभार ः रेडियो नेपाल

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
22 घन्टा पहिले
क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..
22 घन्टा पहिले
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
2 दिन पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
2 दिन पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
3 दिन पहिले