सहकारीको मर्म अनुसार सहकारी संस्था चल्नुपर्दछ : मुख्यमन्त्री सिंह
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,माघ २० गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशसहित देशलाई समृद्धिको बाटोमा लानमा सरकारी संस्थाहरू संस्थाको मर्म अनुसार चल्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालको आयोजनामा “सहकारी सुशासन प्रवद्र्धन सम्बन्धि प्रदेश स्तरीय अभिमुखीकरण” कार्यक्रमको आज जनकपुरधाममा उद्घाटन गर्दै उहाँले केही सहकारी संस्थाका गलत क्रियाकलापका कारण जनताको पक्षमा काम गर्ने सहकारी संस्थाहरू पनि बदनाम भएको बताउँदै सहकारी संस्थाहरूले सहकारीको मूल्य र मान्यता अनुसार काम गरेको खण्डमा मुलकको आर्थिक विकास तथा समृद्धिमा ठूलो टेवा दिन सक्ने सम्भावना भएको बताउनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका निमित्त सचिव जय कुमार घिमिरेले धेरै सहकारीहरूले देशमा रोजगारी तथा आर्थिक विकासमा ठूलो योगदान दिएकाले सहकारीताको भावना अनुसार सञ्चालित संस्थाहरूको प्रवर्द्धन गर्न जरुरी रहेको बताउनुभयो ।
मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले सहकारीको नाउँमा ठगी गर्नेमाथि राज्य गंभिर रुपमा अगाडी बढेको बताउँदै देश र जनताको पक्षमा काम गर्ने संस्थाको प्रवर्द्धनमा हामी सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका अध्यक्ष ओमदेवी मल्लले केही व्यक्तिको गलत क्रियाकलापका कारण समग्र सहकारी संस्थालाई बदनाम गर्ने काम भएकाले राम्रो काम गर्ने सहकारीलाई राज्यले प्रबद्र्धन तथा सहयोग गर्न आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेल, उपाध्यक्ष उर्मिला पन्त, महाप्रबन्धक सुरेश थापा, सञ्चालक सदस्यहरु टेक प्रसाद चौलागाई र नथुनी यादवले सहकारी संस्थाहरूले गरेको राम्रो कामको प्रचार प्रसार आवश्यक भएको बताउनुभयो । कार्यक्रममा सहकारी संस्थाहरूमा भएको समस्या तथा समाधानको उपायका विषयमा सहकारी संस्थाका अगुवा सहित मधेश प्रदेशका सहकारी क्षेत्रका व्यक्तिहरूको सहभागितामा छलफल भएको छ ।
साभार ः रेडियो नेपाल
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
2 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक