Janakpurdham
Thu, Jul 17, 2025
`

सहकारीको मर्म अनुसार सहकारी संस्था चल्नुपर्दछ : मुख्यमन्त्री सिंह

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,माघ २० गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशसहित देशलाई समृद्धिको बाटोमा लानमा सरकारी संस्थाहरू संस्थाको मर्म अनुसार चल्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालको आयोजनामा “सहकारी सुशासन प्रवद्र्धन सम्बन्धि प्रदेश स्तरीय अभिमुखीकरण” कार्यक्रमको आज जनकपुरधाममा उद्घाटन गर्दै उहाँले केही सहकारी संस्थाका गलत क्रियाकलापका कारण जनताको पक्षमा काम गर्ने सहकारी संस्थाहरू पनि बदनाम भएको बताउँदै सहकारी संस्थाहरूले सहकारीको मूल्य र मान्यता अनुसार काम गरेको खण्डमा मुलकको आर्थिक विकास तथा समृद्धिमा ठूलो टेवा दिन सक्ने सम्भावना भएको बताउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका निमित्त सचिव जय कुमार घिमिरेले धेरै सहकारीहरूले देशमा रोजगारी तथा आर्थिक विकासमा ठूलो योगदान दिएकाले सहकारीताको भावना अनुसार सञ्चालित संस्थाहरूको प्रवर्द्धन गर्न जरुरी रहेको बताउनुभयो ।

मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले सहकारीको नाउँमा ठगी गर्नेमाथि राज्य गंभिर रुपमा अगाडी बढेको बताउँदै देश र जनताको पक्षमा काम गर्ने संस्थाको प्रवर्द्धनमा हामी सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका अध्यक्ष ओमदेवी मल्लले केही व्यक्तिको गलत क्रियाकलापका कारण समग्र सहकारी संस्थालाई बदनाम गर्ने काम भएकाले राम्रो काम गर्ने सहकारीलाई राज्यले प्रबद्र्धन तथा सहयोग गर्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेल, उपाध्यक्ष उर्मिला पन्त, महाप्रबन्धक सुरेश थापा, सञ्चालक सदस्यहरु टेक प्रसाद चौलागाई र नथुनी यादवले सहकारी संस्थाहरूले गरेको राम्रो कामको प्रचार प्रसार आवश्यक भएको बताउनुभयो । कार्यक्रममा सहकारी संस्थाहरूमा भएको समस्या तथा समाधानको उपायका विषयमा सहकारी संस्थाका अगुवा सहित मधेश प्रदेशका सहकारी क्षेत्रका व्यक्तिहरूको सहभागितामा छलफल भएको छ ।


साभार ः रेडियो नेपाल

`
12 comments
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

11 घन्टा पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

11 घन्टा पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

1 दिन पहिले

भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री

काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्।  प्रधानमन्त्र..

1 दिन पहिले

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..

काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..

2 दिन पहिले