Janakpurdham
Thu, Oct 16, 2025
`

मधेश प्रदेश सभाको सात वर्षमा ६४ विधेयक पारित

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,माघ २१ गते ।  मधेस प्रदेशसभाले सातौँ वार्षिकोत्सव मनाएको छ । सात वर्षको अवधिमा ३ सय २२ वटा बैठक बसेको छ । सात वर्षमा २ हजार ५ सय ५५ दिन भएकोमा ३ सय २२ दिन प्रदेश सभाको बैठक चलेको प्रदेश सभा सचिवालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको छ । प्रदेशसभाको बैठक औषत रुपमा प्रत्येक ८ दिनमा एक पटक बस्ने गरेको छ ।

सात वर्षको अवधिमा प्रदेशसभामा ४ सय ६८ घण्टा २५ मिनेट बैठक चलेको हो । प्रदेश सभामा कुल ३ सय २२ वटा बैठक बसेकाले औसतमा डेढ घण्टाभन्दा पनि कम बैठक बस्ने गरेको पाइन्छ । प्रदेशसभाका प्रवक्ता विपिन कुमार ठाकुरका अनुसार प्रदेशसभाको पहिलो ५ वर्षमा ९ वटा अधिवेशनमा २ सय २६ वटा बैठक बस्दा कुल ३ सय ११ घण्टा १५ मिनेट बैठक चलेको थियो ।

प्रदेशसभाको दोस्रो कार्यकालमा चारवटा अधिवेशनमा ९६ वटा बैठक बस्दा प्रदेशसभा १ सय ५७ घण्टा १० मिनेट सञ्चालन भएको हो । प्रदेशसभाको पहिलो कार्यकालमा ५५ वटा विधेयक पारित भएर ऐन बन्दा दोस्रो कार्यकालमा संशोधनसहितका १६ वटा विधेयक दर्ता हुँदा १२ वटा बैठकबाट पास भएको प्रवक्ता ठाकुरले जानकारी दिनुभयो । यसमा संशोधन पनि रहेको छ । मुख्य रुपमा ६४ विधेयक हालसम्म पारित भएको छ ।

दुई वटा विधेयक समितिमा विचाराधिन छ भने एउटामाथि सदनमा छलफल चलिरहेको छ । यस अवधिमा प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल नहुँदै प्रदेश सरकारले फिर्ता लिएको छ ।

मधेस प्रदेशसभामा सात वर्षको अवधिमा मधेस सरकारले ८ वटा नीति तथा कार्यक्रम सहितको बजेट ल्याएको छ ।


साभार : रेडियो नेपाल

`
12 comments
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

19 घन्टा पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

19 घन्टा पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले

सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित

काठमाडौं , असोज २७ गते ।  ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..

2 दिन पहिले

थ्रीलर म्याचमा युएईमाथि नेपालको जित

काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..

3 दिन पहिले