Janakpurdham
Mon, Sep 21, 2026
`

मधेश प्रदेश सभाको सात वर्षमा ६४ विधेयक पारित

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,माघ २१ गते ।  मधेस प्रदेशसभाले सातौँ वार्षिकोत्सव मनाएको छ । सात वर्षको अवधिमा ३ सय २२ वटा बैठक बसेको छ । सात वर्षमा २ हजार ५ सय ५५ दिन भएकोमा ३ सय २२ दिन प्रदेश सभाको बैठक चलेको प्रदेश सभा सचिवालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको छ । प्रदेशसभाको बैठक औषत रुपमा प्रत्येक ८ दिनमा एक पटक बस्ने गरेको छ ।

सात वर्षको अवधिमा प्रदेशसभामा ४ सय ६८ घण्टा २५ मिनेट बैठक चलेको हो । प्रदेश सभामा कुल ३ सय २२ वटा बैठक बसेकाले औसतमा डेढ घण्टाभन्दा पनि कम बैठक बस्ने गरेको पाइन्छ । प्रदेशसभाका प्रवक्ता विपिन कुमार ठाकुरका अनुसार प्रदेशसभाको पहिलो ५ वर्षमा ९ वटा अधिवेशनमा २ सय २६ वटा बैठक बस्दा कुल ३ सय ११ घण्टा १५ मिनेट बैठक चलेको थियो ।

प्रदेशसभाको दोस्रो कार्यकालमा चारवटा अधिवेशनमा ९६ वटा बैठक बस्दा प्रदेशसभा १ सय ५७ घण्टा १० मिनेट सञ्चालन भएको हो । प्रदेशसभाको पहिलो कार्यकालमा ५५ वटा विधेयक पारित भएर ऐन बन्दा दोस्रो कार्यकालमा संशोधनसहितका १६ वटा विधेयक दर्ता हुँदा १२ वटा बैठकबाट पास भएको प्रवक्ता ठाकुरले जानकारी दिनुभयो । यसमा संशोधन पनि रहेको छ । मुख्य रुपमा ६४ विधेयक हालसम्म पारित भएको छ ।

दुई वटा विधेयक समितिमा विचाराधिन छ भने एउटामाथि सदनमा छलफल चलिरहेको छ । यस अवधिमा प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल नहुँदै प्रदेश सरकारले फिर्ता लिएको छ ।

मधेस प्रदेशसभामा सात वर्षको अवधिमा मधेस सरकारले ८ वटा नीति तथा कार्यक्रम सहितको बजेट ल्याएको छ ।


साभार : रेडियो नेपाल

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

1 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले