Janakpurdham
Thu, Aug 21, 2025
`

कानून विपरीत सञ्चालित अस्पतालमा मुख्यमन्त्रीको अनुगमन, बन्द गर्न निर्देशन

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, माघ २६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको पिराडीचोकमा अवैध ढङ्गले सञ्चालनमा रहेको मुस्कान अस्पताल बन्द गर्नका  लागि निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री सिंहले अवैध तथा अनधिकृत ढङ्गले सञ्चालनमा रहेको मुस्कान अस्पतालमा बिरामीको उपचारमा गम्भीर लापरबाही गरेको खबर सार्वजनिक भएपछि गए राति अस्पतालको अनुगमन गरेर अस्पतालमा उपचारमा रहनु भएका बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्नका लागि निर्देशन दिनु भएको हो ।

मुख्यमन्त्री सिंहले विधि र प्रक्रियाअनुसार सम्बन्धित निकायबाट अनुमति लिई अस्पताल सञ्चालन नभएको पाएकाले अस्पताल सञ्चालकलाई अस्पतालमा उपचार गराइरहेका बिरामीलाई तत्काल व्यवस्थित ढङ्गले अभिलेख बनाएर अन्य अस्पतालमा पठाउनका लागि निर्देशन दिनु भयो ।

मुख्यमन्त्री सिंहले आजसम्ममा अस्पतालमा ताल्चा लगाएर सरकारलाई साँचो बुझाउन सो अस्पतालका सञ्चालकलाई निर्देशन दिनु भयो । मुख्यमन्त्रीले अनुगमन गर्नु भएको अस्पतालमा तीनजना बिरामी भर्नामा रहेका थिए ।

यसअघि सोही अस्पतालमा पित्त थैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपूर्वा नगरपालिका नगरपालिका वडा नंं ५ की २५ वर्षीय बबिताकुमार यादव अहिलेसम्म बेहोस अवस्थामा जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा उपचाररत रहेकी समाचार विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएपछि मुख्यमन्त्री सिंहको गम्भीर ध्यानाकर्षण भएर कानून विपरितको सो अस्पतालमा अनुगमन गर्नु भएको छ ।   

अस्पताल सञ्चालक आफैँले त्यसो नगरेको खण्डमा सरकारले आफ्नो टोली पठाएर कारबाही गर्ने चेतावनी मुख्यमन्त्री सिंहले दिनु भएको छ ।  मुख्यमन्त्री सिंहले शुक्रबार साँझ पनि मुस्कान अस्पतालमा पहिलो पटक अनुगमन गर्दा सञ्चालकसँग भेट नभएपछि फर्किनु भएको थियो ।  

पहिलो पटकको अनुगमनमा उहाँले अस्पतालमा एकजना स्टाफ नर्स र एकजना सिएमएका भरमा अस्पताल सञ्चालन भएको पाउनु भएको थियो । दोस्रोपटक राति १० बजेर ३० मिनेटमा सो अस्पताल पुगेका मुख्यमन्त्री सिंहले अस्पताल सञ्चालकसँग मापदण्डअनुसार चिकित्सक, स्वास्थ्यकर्मी र भौतिक संरचनाबारे जिज्ञासा राख्दै अस्पताल सञ्चालनका लागि आवश्यक कागजपत्र अध्ययन गर्नु भएको थियो ।

अस्पतालले स्वीकृति नलिएको र जनशक्ति व्यवस्थापन तथा भौतिक संरचना अनुपयुक्त भएको पाएपछि मुख्यमन्त्री सिंहले गम्भीर चिन्ता व्यक्त व्यक्त गर्दै सम्बन्धित संस्थाबाट स्वीकृति नलिई सञ्चालनमा रहेका निजी अस्पताललाई मापदण्ड पुरा गर्न मधेश प्रदेश सरकारले पटक पटक ताकेता गर्दा मधेश प्रदेशका कतिपय अस्पतालहरू अटेर गर्दै आएका छन् ।


साभार ः रेडियो नेपाल

`
12 comments
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

18 घन्टा पहिले

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..

18 घन्टा पहिले

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..

1 दिन पहिले

‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..

1 दिन पहिले

‘समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरुको ..

काठमाडौं, भदौ २ : उपप्रधान एंव सहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि मह..

2 दिन पहिले