Janakpurdham
Mon, Sep 21, 2026
`

जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन १ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकारको आवश्यकता परेको बताउनुभएको छ ।

नेपाली कांग्रेस मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले पार्टीका  कार्यकर्ता र नेताहरूमा आपसी समन्वय, सहकार्यबाट पार्टीलाई एकढिक्का बनाउँदै लैजानुपर्ने आवश्यकता भएको बताउनुभयो ।

नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धन सरकारले नागरिकलाई सेवा प्रवाह गर्न र मुलुकमा गणतान्त्रिक संसदीय व्यवस्थालाई सुदृढीकरण गर्न गठबन्धन सरकार आवश्यक परेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले सङ्घीय सरकारले जनतालाई सेवा प्रवाहको अतिरिक्त आर्थिक समृद्धि, भौतिक पूर्वाधार विकासलाई अघि बढाउन गृहकार्य गरिरहेको बताउँदै सोहीअनुरुप संसद्मा अध्यादेश दर्ता गरिएको बताउनुभयो ।

सो अवसरमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले नेपाली काँग्रेसले आफ्नो पार्टीको नीति सिद्धान्तमा अडिग रहेर गठबन्धन सरकारले जनतालाई सेवा प्रवाहमा गतिशीलताका साथ अघि बढ्नुपर्ने बताउनुभयो  । 

सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ,  पूर्वसभापति रघुरमन न्यौपाने, कांग्रेस मकवानपुरका उपसभापति एवं बकैयाँ गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेलगायत सहभागी हुनुहुन्थ्यो । 


साभार ः रेडियो नेपाल

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

30 मिनट पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

31 मिनट पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले