
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
7 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, फागुन १ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकारको आवश्यकता परेको बताउनुभएको छ ।
नेपाली कांग्रेस मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले पार्टीका कार्यकर्ता र नेताहरूमा आपसी समन्वय, सहकार्यबाट पार्टीलाई एकढिक्का बनाउँदै लैजानुपर्ने आवश्यकता भएको बताउनुभयो ।
नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धन सरकारले नागरिकलाई सेवा प्रवाह गर्न र मुलुकमा गणतान्त्रिक संसदीय व्यवस्थालाई सुदृढीकरण गर्न गठबन्धन सरकार आवश्यक परेको उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले सङ्घीय सरकारले जनतालाई सेवा प्रवाहको अतिरिक्त आर्थिक समृद्धि, भौतिक पूर्वाधार विकासलाई अघि बढाउन गृहकार्य गरिरहेको बताउँदै सोहीअनुरुप संसद्मा अध्यादेश दर्ता गरिएको बताउनुभयो ।
सो अवसरमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले नेपाली काँग्रेसले आफ्नो पार्टीको नीति सिद्धान्तमा अडिग रहेर गठबन्धन सरकारले जनतालाई सेवा प्रवाहमा गतिशीलताका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्वसभापति रघुरमन न्यौपाने, कांग्रेस मकवानपुरका उपसभापति एवं बकैयाँ गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेलगायत सहभागी हुनुहुन्थ्यो ।
साभार ः रेडियो नेपाल

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..
काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..
6 घन्टा पहिले
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..
6 घन्टा पहिले
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
1 दिन पहिले
ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..
जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..
1 दिन पहिले
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
2 दिन पहिले