
संविधान संशोधनको गृहकार्य अघि बढाउन कांग्रेस र एमालेले बनाए कार्यदल
5 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं,फागुन ३ गते । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनका लागि आवश्यक गृहकार्य अघि बढाउन कार्यदल बनाउने सहमति भएको छ।
सत्तारुढ दलहरुबीच बसेको बालुवाटार बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले उच्चस्तरीय राजनीतिक संयन्त्रमा कार्यदल बनाउने सहमति भइसकेको बताए ।
हिजो संयन्त्रको बैठक बसेको थियो । बैठकबारे उनले भने, ‘संविधान संशोधन गर्न कार्यदल बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहमति भइसकेका छौं । दुवै पार्टीले आआफ्नो तर्फबाट नाम दिन्छौं र कार्यदलले काम गर्छ ।’
उनले संविधान संशोधनको काम चरणबद्ध हुने भएकाले सबै दलहरुबीच सहमतिको वातावरण बनाएर अघि बढ्ने बताए ।
उनले थपे, ‘संविधान संशोधन भोलि बिहान नै गर्छौं भन्ने काम होइन। हामी चरणबद्ध रुपमा काम गर्छौ। संविधानको सबल र दुर्वल पक्ष पहिचान गर्ने, कहाँ कहाँ परिमार्जन गर्न आवश्यक छ, त्यसको पहिचान गर्ने र अरु दलहरुसँग सहमतिको वातावरण बनाएर अघि बढाउँछौं। ‘
साभार ः नेपाल प्रेस

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
14 घन्टा पहिले
मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..
जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..
15 घन्टा पहिले
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..
काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..
2 दिन पहिले
‘प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु हुन्छ’
काठमाडौं, असार २९ : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको ब..
2 दिन पहिले
‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..
काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..
3 दिन पहिले