Janakpurdham
Mon, Sep 21, 2026
`

संविधान संशोधनको गृहकार्य अघि बढाउन कांग्रेस र एमालेले बनाए कार्यदल

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,फागुन ३ गते । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनका लागि आवश्यक गृहकार्य अघि बढाउन कार्यदल बनाउने सहमति भएको छ।

सत्तारुढ दलहरुबीच बसेको बालुवाटार बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले उच्चस्तरीय राजनीतिक संयन्त्रमा कार्यदल बनाउने सहमति भइसकेको बताए ।

हिजो संयन्त्रको बैठक बसेको थियो । बैठकबारे उनले भने, ‘संविधान संशोधन गर्न कार्यदल बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहमति भइसकेका छौं । दुवै पार्टीले आआफ्नो तर्फबाट नाम दिन्छौं र कार्यदलले काम गर्छ ।’

उनले संविधान संशोधनको काम चरणबद्ध हुने भएकाले सबै दलहरुबीच सहमतिको वातावरण बनाएर अघि बढ्ने बताए । 

उनले थपे, ‘संविधान संशोधन भोलि बिहान नै गर्छौं भन्ने काम होइन। हामी चरणबद्ध रुपमा काम गर्छौ। संविधानको सबल र दुर्वल पक्ष पहिचान गर्ने, कहाँ कहाँ परिमार्जन गर्न आवश्यक छ, त्यसको पहिचान गर्ने र अरु दलहरुसँग सहमतिको वातावरण बनाएर अघि बढाउँछौं। ‘


साभार ः नेपाल प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

26 मिनट पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

28 मिनट पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले