‘पहाडमा अनियन्त्रित डोजर र तराईमा क्रसरले प्रकृति विनाश गरेको छ’
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, फागुन ४ गते । पूर्व राष्ट्रपति डा. रामवरण यादवले पहाडमा चलेको अनियन्त्रित डोजर र तराईमा अवैध रूपमा बढेको क्रसर उद्योगका कारणले प्राकृतिक विनाश दिन प्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
“म बनाउँछु नेपाल” भन्ने बहस कार्यक्रममा उहाँले प्रकृतिको दोहनका कारण मानव जीवन नै सङ्कटमा पर्न थालेकोमा दुःख प्रकट गर्नुभयो । उहाँले पहाडमा चलेको अनियन्त्रित डोजर तथा तराईको चुरे क्षेत्रमा भइरहेको अवैध उत्खननका कारणले मुलुकको अन्न तथा जलको भण्डार भएको तराई मधेशमा वर्षेनी पानीको सङ्कट बढ्न थालेको बताउनुभयो ।
उहाँले यस्तै अवस्था रहेको खण्डमा अबको केही दशकपछि नेपालमा थप पानीको अभाव भएर मुलुक खाद्यान्नको सङ्कट हुने खतरा रहेकाले चुरेको अनियन्त्रित दोहन रोकेर चुरेलाई हराभरा बनाउनेतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारले स्वास्थ्य तथा प्राकृतिक श्रोतको दोहनमा देखिएको अवैध क्रियाकलाप रोक्नका लागि अगाडी बढेको बताउँदै चालु आर्थिक वर्षमा सिँचाइका लागि २ अर्ब १५ करोडको टेन्डर गरिएको बताउनुभयो ।
उहाँले यसबाट १० हजार र डेढ अर्बको स्यालो ट्युबवेल जडानले थप ६० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने बताउँदै प्रदेश सरकारले सडक सुरक्षाका लागि प्रहरीसँग सहकार्य गरेका कारणले मधेश प्रदेशमा ५० प्रतिशतले सवारी दुर्घटनामा कमी आएको दाबी गर्नुभयो ।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राजनीतिक ठिक ठाउँमा नआएसम्म मुलुकको विकास तथा समृद्धिको यात्रा तय गर्न कठिन हुने बताउनुभयो ।
प्रसिद्ध चिकित्सक डा. ओम अनिल मूर्तिले मानव जीवनका लागि हावा, पानी, माटो, वायुको संरक्षण र सन्तुलन नभएको खण्डमा मानव जीवन नै सङ्कटमा पर्ने भएकाले मानवले यी चार विषयमा प्रभाव पार्ने काम गर्न नहुने बताउनुभयो ।
उद्योगपति आनन्द वगडीयाले नेपालमा जडीबुटी तथा मधेशमा कृषि उत्पादनको व्यापक सम्भावना रहेको बताउँदै कृषि उत्पादनको प्रशोधन गरेर बजारीकरण गरेको खण्डमा मुलुकमा लाखौँले रोजगार पाउनुका साथै देशको अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताउनुभयो ।
साभार ः रेडियो नेपाल
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
9 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
9 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले