
‘पहाडमा अनियन्त्रित डोजर र तराईमा क्रसरले प्रकृति विनाश गरेको छ’
8 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, फागुन ४ गते । पूर्व राष्ट्रपति डा. रामवरण यादवले पहाडमा चलेको अनियन्त्रित डोजर र तराईमा अवैध रूपमा बढेको क्रसर उद्योगका कारणले प्राकृतिक विनाश दिन प्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
“म बनाउँछु नेपाल” भन्ने बहस कार्यक्रममा उहाँले प्रकृतिको दोहनका कारण मानव जीवन नै सङ्कटमा पर्न थालेकोमा दुःख प्रकट गर्नुभयो । उहाँले पहाडमा चलेको अनियन्त्रित डोजर तथा तराईको चुरे क्षेत्रमा भइरहेको अवैध उत्खननका कारणले मुलुकको अन्न तथा जलको भण्डार भएको तराई मधेशमा वर्षेनी पानीको सङ्कट बढ्न थालेको बताउनुभयो ।
उहाँले यस्तै अवस्था रहेको खण्डमा अबको केही दशकपछि नेपालमा थप पानीको अभाव भएर मुलुक खाद्यान्नको सङ्कट हुने खतरा रहेकाले चुरेको अनियन्त्रित दोहन रोकेर चुरेलाई हराभरा बनाउनेतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारले स्वास्थ्य तथा प्राकृतिक श्रोतको दोहनमा देखिएको अवैध क्रियाकलाप रोक्नका लागि अगाडी बढेको बताउँदै चालु आर्थिक वर्षमा सिँचाइका लागि २ अर्ब १५ करोडको टेन्डर गरिएको बताउनुभयो ।
उहाँले यसबाट १० हजार र डेढ अर्बको स्यालो ट्युबवेल जडानले थप ६० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने बताउँदै प्रदेश सरकारले सडक सुरक्षाका लागि प्रहरीसँग सहकार्य गरेका कारणले मधेश प्रदेशमा ५० प्रतिशतले सवारी दुर्घटनामा कमी आएको दाबी गर्नुभयो ।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राजनीतिक ठिक ठाउँमा नआएसम्म मुलुकको विकास तथा समृद्धिको यात्रा तय गर्न कठिन हुने बताउनुभयो ।
प्रसिद्ध चिकित्सक डा. ओम अनिल मूर्तिले मानव जीवनका लागि हावा, पानी, माटो, वायुको संरक्षण र सन्तुलन नभएको खण्डमा मानव जीवन नै सङ्कटमा पर्ने भएकाले मानवले यी चार विषयमा प्रभाव पार्ने काम गर्न नहुने बताउनुभयो ।
उद्योगपति आनन्द वगडीयाले नेपालमा जडीबुटी तथा मधेशमा कृषि उत्पादनको व्यापक सम्भावना रहेको बताउँदै कृषि उत्पादनको प्रशोधन गरेर बजारीकरण गरेको खण्डमा मुलुकमा लाखौँले रोजगार पाउनुका साथै देशको अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताउनुभयो ।
साभार ः रेडियो नेपाल

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
12 घन्टा पहिले
क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..
12 घन्टा पहिले
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
2 दिन पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
2 दिन पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
2 दिन पहिले