नेताहरूले नै जनकपुरमा १२ सय बिघा जग्गा लुटेका छन्, अर्को बैठकमा नाम सार्वजनिक गर्छु : सांसद झा
8 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, फागुन ५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुर क्षेत्रका १ हजार २ सय जग्गा हिनामिना गरेर आफ्नो बनाउने नेताहरुको नाम सार्वजनिक गरिदिने चेतावनी दिएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर जनकपुर क्षेत्रको १ हजार २ सय विघा जग्गा लुटिएको बताएका हुन्।
यो विषयमा आफूले पटक–पटक आवाज उठाउँदै आएको बताउँदै रास्वप सरकारमा हुँदा त्यो जग्गा खोजी गर्न कमिटी र प्रतिवेदनमा काम गरेको उनले बताए।
‘अहिले १४ सय विघामा २ सय विघामात्रै बाँकी छ । पुराना दलका सबै नेता, त्यहाँको स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर १२ सय विघा लुटिसके । त्यससम्बन्धी पटक–पटक आवाज उठाउँदै आएको छु । विभिन्न चरणमा हामी सरकारमा हुँदैगर्दा त्यसको खोजतलास गर्नका लागि कमिटी र प्रतिवेदनमा पनि काम गरिसकेका छौं,’ उलने बैठकमा भने, ‘अहिले वर्तमान सरकारलाई ध्यानाकार्षण गराउन चाहन्छु, म आफैं पनि त्यसमा काम गर्दैछु र आगामी बैठकमा कुन–कुन नेताले कति–कति जग्गा लिएको छ भन्ने जानकारी लिएर उपस्थित हुनेछु।’
सांसद झाले उनले आगामी बैठकमा कति जग्गा कसले ल्याएको छ त्यसका बारेमा जानकारी लिएर नै उपस्थित हुने चेतावनी समेत दिए।
साभार ः काठमाडौ प्रेस
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..
काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..
15 घन्टा पहिले
मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट
धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..
15 घन्टा पहिले
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
2 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
2 दिन पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
3 दिन पहिले