
‘नेपाली कांग्रेसको मिसन गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार’
8 महीना पहिले प्रकाशित
Esandhyakalin

पाल्पा, फागुन ७ : सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको तीन वर्ष कांग्रेसका लागि मिसन–२०८४ नभइ गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार भएको बताएका छन्।पाल्पाको पूर्वखोलामा आयोजित प्रथम लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्दै उनले अबको तीन वर्ष गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मिसन रहेको बताए।
कांग्रेसका लागि तीन वर्ष पर्याप्त समय भएकाले कांग्रेस सक्रिय भएर लाग्ने प्रतिबद्धता महामन्त्री थापाले व्यक्त गरे।
संसद्का दुई ठूला दल मिलेर सरकार गठन गर्दा मुलुकमा विकास हुने र नागरिकले राज्यबाट फाइदा पाउने महामन्त्री थापाको भनाइ थियो।
महामन्त्री थापाले अब निःशुल्क स्वास्थ्य, शिक्षा र पर्याप्त रोजगारको वातावरण सिर्जना गर्ने गरी कांग्रेसले काम गर्ने उल्लेख गरे। उनले कांग्रेस २०८४ सम्म राम्रो काम गरेर जनतामाझ जान सक्नुपर्ने बताए।
साभार ः काठमाडौं प्रेस

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
12 घन्टा पहिले
क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..
12 घन्टा पहिले
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
2 दिन पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
2 दिन पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
3 दिन पहिले