Janakpurdham
Fri, Oct 24, 2025
`

प्रकृतिको नाममा नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति दिने केआइआइटीको घोषणा

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन ८ : भारतको ओडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) ले स्वर्गिय प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।

विश्वविद्यालयले बिहीबार एक सूचना जारी गर्दैप्रकृतिको सम्मान र संस्मरणका लागि उनको नाममा विशेष छात्रवृति प्रदान गर्ने घोषणा गरेको हो। 

गत फागुन ४ गते केआइआइटीको होस्टलमा झुन्डिएको अवस्थामा बुटवलकी छात्रा प्रकति लम्सालको शव फेला परेको थियो। उनको बुधबार राति नेपाल ल्याएर दाहसंस्कार गरिएको छ। 

केआइआइटीका प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबा र काकालाई भेटेर प्रकृति राम्रो विद्यार्थी भएको बताउँदै उनीजस्ता अन्य विद्यार्थीलाई पढ्ने वातावरण प्रभावकारी बनाउनका लागि छात्रवृत्तिको घोषणा गरिएको जनाइएको छ।

यस्तै, केआइआइटीका प्राध्यापक सामन्तले नेपाली दूतावासका काउन्सिलरहरूसँग पनि भेट तथा नेपालका परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग फोनमा कुराकानीमार्फत प्रकृतिको मृत्युको बिषयमा गरिएका कारबाहीहरूको बारेमा जानकारी गराएका थिए। 

साभार : काठमाडौं प्रेस

`
12 comments
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

14 घन्टा पहिले

धमाधम छठ पर्वको तयारी सुरु

जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..

14 घन्टा पहिले

जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

2 दिन पहिले

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड

महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..

2 दिन पहिले

जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

2 दिन पहिले