Janakpurdham
Tue, Sep 08, 2026
`

प्रकृतिको नाममा नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति दिने केआइआइटीको घोषणा

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन ८ : भारतको ओडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) ले स्वर्गिय प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।

विश्वविद्यालयले बिहीबार एक सूचना जारी गर्दैप्रकृतिको सम्मान र संस्मरणका लागि उनको नाममा विशेष छात्रवृति प्रदान गर्ने घोषणा गरेको हो। 

गत फागुन ४ गते केआइआइटीको होस्टलमा झुन्डिएको अवस्थामा बुटवलकी छात्रा प्रकति लम्सालको शव फेला परेको थियो। उनको बुधबार राति नेपाल ल्याएर दाहसंस्कार गरिएको छ। 

केआइआइटीका प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबा र काकालाई भेटेर प्रकृति राम्रो विद्यार्थी भएको बताउँदै उनीजस्ता अन्य विद्यार्थीलाई पढ्ने वातावरण प्रभावकारी बनाउनका लागि छात्रवृत्तिको घोषणा गरिएको जनाइएको छ।

यस्तै, केआइआइटीका प्राध्यापक सामन्तले नेपाली दूतावासका काउन्सिलरहरूसँग पनि भेट तथा नेपालका परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग फोनमा कुराकानीमार्फत प्रकृतिको मृत्युको बिषयमा गरिएका कारबाहीहरूको बारेमा जानकारी गराएका थिए। 

साभार : काठमाडौं प्रेस

`
12 comments
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्या..

सुनसरी, भदाै २२ : पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्र..

23 घन्टा पहिले

विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्..

काठमाडौं, भदाै २२ : राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्..

23 घन्टा पहिले

बाढीले पुलहरू बगाएपछि स्थानीयलाई जिपलाइनको साहरा

काठमाडौं, भदौ २१ : विनाशकारी आकस्मिक बाढी र पहिरोपछि रसुवा, नुवाकोट र धादिङलगायतका बासिन्दा तहसनहस भएको जीवन पुनः..

2 दिन पहिले

तपाईँहरू एक्लो हुनुहुन्न, राज्य र सरकार साथमा छ : प्रधानम..

काठमाडौं, भदौं २१ : प्रधानमन्त्री वालेन शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न ..

2 दिन पहिले

११ दिनपछि त्रिशूली-१ बाट चिनियाँ नागरिककाे जिवितै उद्धा..

काठमाडौं, भदाै २० : भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना ..

3 दिन पहिले