Janakpurdham
Wed, Oct 29, 2025
`

विदेहका प्रशासकीय अधिकृतलाई कर्मचारीबाटै कार्यालय प्रवेशमा रोक, माटो ढोगेर फर्किए

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,फागुन ११ गते । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासको छोराबाट कुटिएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार साहलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

गत माघ २७ मा लोकसेवा आयोगको सिफारिसमा आएकी शिक्षिकालाई हाजिर गराएको निहुँमा मेयरका छोरा रामभजन साहले प्रशासकीय अधिकृतलाई कुटेका थिए । सो घटनाबारे उनले माघ २८ मा मेयरसमक्ष गुनासो गर्दा उल्टै धम्की खाए । त्यसपछि उनी कार्यालय जान पाएका छैनन् ।

प्रशासकीय अधिकृत साहले माघ २८ मै ‘झोले कर्मचारी’ भन्दै ८३ जनालाई कारवाही गरेका छन् । उनले करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई बर्खास्त गर्नुका साथै केही स्थायी कर्मचारीको ग्रेड रोक्का गर्ने निर्णय गरेका छन् ।

कारवाहीमा परेका कर्मचारीहरू आन्दोलित छन् । उनीहरू नै प्रशासकीय अधिकृत साहलाई आज कार्यालयमा प्रवेश गर्न दिएनन् । उनलाई कार्यालयमा प्रवेश गराउन र शान्ति सुरक्षा दिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेको थियो । 

नगरपालिकाको मूलढोकामै कर्मचारीहरू आन्दोलन गरिरहेका कारण आफूभित्र प्रवेश गर्न नपाएको प्रशासकीय अधिकृत साहले बताए ।

उनले भने, ‘अदालतको आदेशपछि सीडीओ साहेबले सुरक्षा दिनुभयो । तर, झोले कर्मचारीहरूलाई हटाएपछि उनीहरू आन्दोलन गरिरहेका छन् । म पनि जबर्जस्ती नगरी नगरपालिकाको पवित्र माटोलाई ढोकेर टीका लगाइ फर्किएँ ।’

नगरपालिकामा काम गर्ने वातावरण बनाउन र सुरक्षा दिन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर प्रशासकीय अधिकृत साहले उच्च अदालत जनकपुरमा रिट हालेका छन् ।

अदालतले फाल्गुन १३ मा दुवै पक्षलाई बोलाएर छलफल गराउन पेशी तोकेको छ भने त्यति बेलासम्म कार्यालयमा प्रशासकीय अधिकृत साहलाई पदीय दायित्वअनुसार कामकाज गर्न कुनै किसिमको अवरोध पुर्‍याउने कार्य नगर्नू/नगराउनू भनी विपक्षीको नाममा आदेश पनि दिएको छ ।


साभार : नेपाल प्रेस

`
12 comments
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..

3 घन्टा पहिले

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..

3 घन्टा पहिले

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

1 दिन पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

2 दिन पहिले