विदेहका प्रशासकीय अधिकृतलाई कर्मचारीबाटै कार्यालय प्रवेशमा रोक, माटो ढोगेर फर्किए
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,फागुन ११ गते । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासको छोराबाट कुटिएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार साहलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ ।
गत माघ २७ मा लोकसेवा आयोगको सिफारिसमा आएकी शिक्षिकालाई हाजिर गराएको निहुँमा मेयरका छोरा रामभजन साहले प्रशासकीय अधिकृतलाई कुटेका थिए । सो घटनाबारे उनले माघ २८ मा मेयरसमक्ष गुनासो गर्दा उल्टै धम्की खाए । त्यसपछि उनी कार्यालय जान पाएका छैनन् ।
प्रशासकीय अधिकृत साहले माघ २८ मै ‘झोले कर्मचारी’ भन्दै ८३ जनालाई कारवाही गरेका छन् । उनले करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई बर्खास्त गर्नुका साथै केही स्थायी कर्मचारीको ग्रेड रोक्का गर्ने निर्णय गरेका छन् ।
कारवाहीमा परेका कर्मचारीहरू आन्दोलित छन् । उनीहरू नै प्रशासकीय अधिकृत साहलाई आज कार्यालयमा प्रवेश गर्न दिएनन् । उनलाई कार्यालयमा प्रवेश गराउन र शान्ति सुरक्षा दिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेको थियो ।
नगरपालिकाको मूलढोकामै कर्मचारीहरू आन्दोलन गरिरहेका कारण आफूभित्र प्रवेश गर्न नपाएको प्रशासकीय अधिकृत साहले बताए ।
उनले भने, ‘अदालतको आदेशपछि सीडीओ साहेबले सुरक्षा दिनुभयो । तर, झोले कर्मचारीहरूलाई हटाएपछि उनीहरू आन्दोलन गरिरहेका छन् । म पनि जबर्जस्ती नगरी नगरपालिकाको पवित्र माटोलाई ढोकेर टीका लगाइ फर्किएँ ।’
नगरपालिकामा काम गर्ने वातावरण बनाउन र सुरक्षा दिन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर प्रशासकीय अधिकृत साहले उच्च अदालत जनकपुरमा रिट हालेका छन् ।
अदालतले फाल्गुन १३ मा दुवै पक्षलाई बोलाएर छलफल गराउन पेशी तोकेको छ भने त्यति बेलासम्म कार्यालयमा प्रशासकीय अधिकृत साहलाई पदीय दायित्वअनुसार कामकाज गर्न कुनै किसिमको अवरोध पुर्याउने कार्य नगर्नू/नगराउनू भनी विपक्षीको नाममा आदेश पनि दिएको छ ।
साभार : नेपाल प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
4 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
4 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
1 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
1 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले