‘युवाहरूलाई स्वदेशमा नै काम गर्ने अवसर निर्माण हुनु पर्दछ’
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, फागुन १३ गते ।नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले युवाहरूलाई स्वदेशमा नै काम गर्ने वातावरणको निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।
पार्टीको धनुषा समितिद्वारा नेपाली राजनीतिका शिखर पुरुष अहिंसावादी नेता महेन्द्रनारायण निधिको १०४ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उहाँले १७ लाख हेक्टर कृषि योग्य भूमि भएको बताउँदै यसको सही सदुपयोग गरिए ४० करोड जनसङ्ख्यालाई खाद्यान्न आपूर्ति गर्न सकिने दाबी गर्नुभयो ।
नेपाली काँग्रेसको नेतृत्वका कारणले मुलुकमा शिक्षा, स्वास्थ्य, सञ्चार तथा सडक पूर्वाधारको विकासमा ठूलो परिवर्तन आएको दाबी गर्दै महेन्द्रनारायण निधिको सङ्घर्ष तथा त्यागका विषयमा युवा पुस्तालाई बुझाउन जरुरी रहेको उहाँले बताउनुभयो ।
काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र मोहन यादवले गान्धीवादी नेता स्वर्गीय महेन्द्रनारायण निधिको नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान रहेको बताउनुभयो ।
साभार ः रेडियो नेपाल
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
25 मिनट पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
27 मिनट पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक