Janakpurdham
Wed, Oct 29, 2025
`

जनकपुरधाममा प्रादेशिक ललितकला प्रदर्शनी शुरु

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,फागुन २० गते । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा आज देखि जनकपुरधाममा मधेश प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८१ शुरु भएको छ । 

मैथिली विकास कोषको भवनमा शुरु भएको प्रादेशिक ललित कला प्रदर्शनीको उद्घाटन मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले गर्नुभएको हो । 

पाँच दिनसम्म लग्ने सो प्रदर्शनीमा मिथिला लोककला, बहुआयामिक विधाका चित्रकला, समसामयिक चित्र कला, परम्परागत चित्र कला र हस्तकलाका सामाग्रीहरू प्रदर्शनमा राखिएको छ ।

प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले यस्ता प्रकारको चित्रकला प्रदर्शनीले कलाकारको मनोबल उच्च हुनुका साथै चित्रकलाको व्यापार प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा बोल्दै मधेश प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता रामसरोज यादवले चित्रकलाले माध्यमले कलाकारले दिने सन्देश निक्कै गहिरो हुने बताउनुभयो । 

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले यस अघि ६ वटा प्रदेशमा नै चित्रकला प्रदर्शनी गरिसकेको बताउँदै यसमा उत्कृष्ट हुने प्रत्येक विधाका एक वाट चित्रकला छनौट भएर राष्ट्रिय स्तरको प्रदर्शनीमा समावेश हुने बताउनुभयो । 

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धमेन्द्र झाले बहु संस्कृति तथा बहुलवादी देश भएकाले यस ठाउँमा मिथिला चित्रकलाको सङ्ग्रहालयको आवश्यकता महसुस गरिएको बेलामा जनकपुरधाममा सङ्ग्रहालय खुल्नु निक्कै सुखद क्षण भएको बताउनुभयो ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ चित्रकार उमाशङ्कर साह, प्रदर्शनीका संयोजक रुवी पाठक, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका अरुण हिमांङ्ग सहितका वक्ताहरूले बोल्नुभएको थियो । 

कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले मूर्तिकला तर्फ योगेन्द्र पण्डित, हस्तकला तर्फ हिरा कर्ण, गोबरबाट चित्र कला बनाउने अमरेन्द्र ठाकुर र लोककला तर्फ रेणु कर्ण र सुनिता कर्णलाई सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो । 


साभार : रेडियो नेपाल

`
12 comments
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..

2 घन्टा पहिले

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..

2 घन्टा पहिले

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

1 दिन पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

2 दिन पहिले