जनकपुरधाममा प्रादेशिक ललितकला प्रदर्शनी शुरु
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,फागुन २० गते । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा आज देखि जनकपुरधाममा मधेश प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८१ शुरु भएको छ ।
मैथिली विकास कोषको भवनमा शुरु भएको प्रादेशिक ललित कला प्रदर्शनीको उद्घाटन मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले गर्नुभएको हो ।
पाँच दिनसम्म लग्ने सो प्रदर्शनीमा मिथिला लोककला, बहुआयामिक विधाका चित्रकला, समसामयिक चित्र कला, परम्परागत चित्र कला र हस्तकलाका सामाग्रीहरू प्रदर्शनमा राखिएको छ ।
प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले यस्ता प्रकारको चित्रकला प्रदर्शनीले कलाकारको मनोबल उच्च हुनुका साथै चित्रकलाको व्यापार प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै मधेश प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता रामसरोज यादवले चित्रकलाले माध्यमले कलाकारले दिने सन्देश निक्कै गहिरो हुने बताउनुभयो ।
नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले यस अघि ६ वटा प्रदेशमा नै चित्रकला प्रदर्शनी गरिसकेको बताउँदै यसमा उत्कृष्ट हुने प्रत्येक विधाका एक वाट चित्रकला छनौट भएर राष्ट्रिय स्तरको प्रदर्शनीमा समावेश हुने बताउनुभयो ।
राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धमेन्द्र झाले बहु संस्कृति तथा बहुलवादी देश भएकाले यस ठाउँमा मिथिला चित्रकलाको सङ्ग्रहालयको आवश्यकता महसुस गरिएको बेलामा जनकपुरधाममा सङ्ग्रहालय खुल्नु निक्कै सुखद क्षण भएको बताउनुभयो ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ चित्रकार उमाशङ्कर साह, प्रदर्शनीका संयोजक रुवी पाठक, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका अरुण हिमांङ्ग सहितका वक्ताहरूले बोल्नुभएको थियो ।
कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले मूर्तिकला तर्फ योगेन्द्र पण्डित, हस्तकला तर्फ हिरा कर्ण, गोबरबाट चित्र कला बनाउने अमरेन्द्र ठाकुर र लोककला तर्फ रेणु कर्ण र सुनिता कर्णलाई सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो ।
साभार : रेडियो नेपाल
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
26 मिनट पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
27 मिनट पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक