साउथ प्वाईंट ईंगलिस बोर्डिंग स्कुल कक्षा १० का विद्यार्थीहरुलाई विदाई
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, फागुन २५ गते ।जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ स्थित साउथ प्वाईंट ईंगलिस बोर्डिंग स्कुलमा कक्षा १० मा अध्यनरत्त विद्यार्थीहरुको शनिवार एक कार्यक्रमका बीच विदाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक अजय कुमार साहको अध्यक्षता र नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष रामप्रकाश साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई आउदै गरेको एस ई इ परिक्षाको सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना गर्दै मायाको चिनो समेत प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको उज्ज्वल भविष्यको कामना गर्नुका साथै आफूले आर्जन गरेको ज्ञान र सिपलाई दैनिक जीवन र व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीले शिक्षासँगै समाजका हरेक क्षेत्रमा अब्बल हुने गरी काम गर्न शुभकामना व्यक्त गरे । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक अजय कुमार साहले विद्यार्थीहरुलाई परिक्षामा अनुशासित भई निर्धक्कसंग परिक्षा दिइ राम्रो अंक ल्याउन समेत भनेका छन । कार्यक्रममा मयााके चिनो ग्रहण गर्दै कक्षा १० का विद्यार्थीहरुले आफुहरुलाई विदाई गरेकोमा धन्याबाद ज्ञापन गर्दै आफुहरु जहा र जुन अवस्थामा भएतापनि यस विद्यालय प्रति सदैव माया रहिरहने बताएका थिए । कार्यक्रममा अतिथिको रुपमा विद्यालयका पुर्व विद्यार्थीहरुले आफुहरु यस विद्यालयकै कारण आज स्थापित भएको बताए ।सो अवसरमा विद्यार्थीहरुद्धरा सास्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
6 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
6 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले