Janakpurdham
Wed, Oct 29, 2025
`

साउथ प्वाईंट ईंगलिस बोर्डिंग स्कुल कक्षा १० का विद्यार्थीहरुलाई विदाई

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, फागुन २५ गते ।जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ स्थित साउथ प्वाईंट ईंगलिस बोर्डिंग स्कुलमा कक्षा १० मा अध्यनरत्त विद्यार्थीहरुको शनिवार एक कार्यक्रमका बीच विदाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक अजय कुमार साहको अध्यक्षता र नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष रामप्रकाश साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई आउदै गरेको एस ई इ परिक्षाको सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना गर्दै मायाको चिनो समेत प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको उज्ज्वल भविष्यको कामना गर्नुका साथै आफूले आर्जन गरेको ज्ञान र सिपलाई दैनिक जीवन र व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीले शिक्षासँगै समाजका हरेक क्षेत्रमा अब्बल हुने गरी काम गर्न शुभकामना व्यक्त गरे । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक अजय कुमार साहले विद्यार्थीहरुलाई परिक्षामा अनुशासित भई निर्धक्कसंग परिक्षा दिइ राम्रो अंक ल्याउन समेत भनेका छन । कार्यक्रममा मयााके चिनो ग्रहण गर्दै कक्षा १० का विद्यार्थीहरुले आफुहरुलाई विदाई गरेकोमा धन्याबाद ज्ञापन गर्दै आफुहरु जहा र जुन अवस्थामा भएतापनि यस विद्यालय प्रति सदैव माया रहिरहने बताएका थिए । कार्यक्रममा अतिथिको रुपमा विद्यालयका पुर्व विद्यार्थीहरुले आफुहरु यस विद्यालयकै कारण आज स्थापित भएको बताए ।सो अवसरमा विद्यार्थीहरुद्धरा सास्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

`
12 comments
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..

3 घन्टा पहिले

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..

3 घन्टा पहिले

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

1 दिन पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

2 दिन पहिले