पाकिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । पूर्वविजेता पाकिस्तान अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको सेमिफाइनल पुग्न सफल भएको छ। सुपर-१२ को आफ्नो अन्तिम खेलमा बङ्गलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान अन्तिम चारमा पुगेको हो । समूह विजेता र उप-विजेताको टुंगो भारतले जिम्बावेसँग खेलेपछि लाग्नेछ ।समूह-२ मा ५ खेलबाट ६ अंक जोडेको पाकिस्तान समान अंक भएको भारतलाई नेट रनरेटमा पछाडि पारेर शीर्षस्थानमा छ। अर्को समूहबाट न्युजिल्यान्ड विजेता र इङ्गल्यान्ड उप-विजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।
आइतबार भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेपछि पाकिस्तान र बङ्गलादेश दुवैको सम्भावना देखिएको थियो ।
टस जितेर ब्याटिङ थालेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ज्१२७ रन जोड्यो ।बङ्गलादेशका नाजमुल होसेन सान्तोले ५४, अफिफ होसेनले २४ र सौम्य सरकारले २० रन बनाए । सकिब अल हसनले खाता खोल्न सकेनन् । पाकिस्तानका साहिन शाह अफ्रिदीले चार र सदाब खानले दुई विकेट लिए । ह्यारिस रौफ र इफ्तिखर अहमदले एकएक विकेट हात पारे ।कुनै समय ७३ रन जोड्दा एक विकेटमात्र गुमाएको बङ्गलादेश सदाबले लगातार बलमा दुई विकेट लिएपछि एकाएक दबाबमा आएको थियो । पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । पाकिस्तानका मोहम्मद ह्यारिसले ३१, मोहम्मद रिजवानले ३२ र बाबर आजमले २५ रन बनाए । शान मसुदले अविजित २४ रन बनाए ।साभार : नेपाल प्रेस
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
24 घन्टा पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
24 घन्टा पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
2 दिन पहिले
तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड
महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..
2 दिन पहिले
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..
काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..
3 दिन पहिले