पाकिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । पूर्वविजेता पाकिस्तान अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको सेमिफाइनल पुग्न सफल भएको छ। सुपर-१२ को आफ्नो अन्तिम खेलमा बङ्गलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान अन्तिम चारमा पुगेको हो । समूह विजेता र उप-विजेताको टुंगो भारतले जिम्बावेसँग खेलेपछि लाग्नेछ ।समूह-२ मा ५ खेलबाट ६ अंक जोडेको पाकिस्तान समान अंक भएको भारतलाई नेट रनरेटमा पछाडि पारेर शीर्षस्थानमा छ। अर्को समूहबाट न्युजिल्यान्ड विजेता र इङ्गल्यान्ड उप-विजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।
आइतबार भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेपछि पाकिस्तान र बङ्गलादेश दुवैको सम्भावना देखिएको थियो ।
टस जितेर ब्याटिङ थालेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ज्१२७ रन जोड्यो ।बङ्गलादेशका नाजमुल होसेन सान्तोले ५४, अफिफ होसेनले २४ र सौम्य सरकारले २० रन बनाए । सकिब अल हसनले खाता खोल्न सकेनन् । पाकिस्तानका साहिन शाह अफ्रिदीले चार र सदाब खानले दुई विकेट लिए । ह्यारिस रौफ र इफ्तिखर अहमदले एकएक विकेट हात पारे ।कुनै समय ७३ रन जोड्दा एक विकेटमात्र गुमाएको बङ्गलादेश सदाबले लगातार बलमा दुई विकेट लिएपछि एकाएक दबाबमा आएको थियो । पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । पाकिस्तानका मोहम्मद ह्यारिसले ३१, मोहम्मद रिजवानले ३२ र बाबर आजमले २५ रन बनाए । शान मसुदले अविजित २४ रन बनाए ।साभार : नेपाल प्रेस
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोज..
काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनम..
14 घन्टा पहिले
‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यस..
कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा..
14 घन्टा पहिले
सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..
धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..
2 दिन पहिले
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यला..
काठमाडौं, वैशाख २५ : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सु..
2 दिन पहिले
नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा..
काठमाडौं, वैशाख २४ : विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध..
3 दिन पहिले
-
‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यसको जवाफ सभापतिले दिनुपर्छ’
-
सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीको प्रदर्शन
-
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
-
नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा अनुमति अनिवार्य