सर्वदलीय सरकारबारे कुनै छलफल अघि नबढेको कांग्रसको भनाइ
7 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, चैत ५ : सत्तारुढ दल नेपाली कांग्रेसले सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल अघि नबढेको स्पष्ट पारेको छ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन्।
प्रवक्ता डा.महतले भने, ‘सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन। त्यस्तो कुरा उठेको पनि छैन।’
उनले नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलहरूसत्तामा आउनेबारे कुनै छलफल नभएको उनले बताए।
बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउँदा राजावादीहरूले निकालेको जुलुसबारे गृहमन्त्री रमेश लेखकले कांग्रेसको छलफलमा ‘ब्रिफिङ’ गरेका छन् ।
सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गृहमन्त्री लेखकले ब्रिफिङ गरेका हुन्।
राजावादीहरूले निकालेको जुलुसबारे बैठकका ब्रिफिङ गर्नेक्रममा लेखकले जुलुसको बिषयमा पार्टी नेताहरूलाई जानकारी गराएका हुन्।
गृहमन्त्री लेखकले समसामयिक राजनीतिका बिषयमा पनि ब्रिफिङ गरेका थिए।
साभार : काठमाडौं प्रेस
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
19 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
19 घन्टा पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
2 दिन पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
2 दिन पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
3 दिन पहिले