सर्वदलीय सरकारबारे कुनै छलफल अघि नबढेको कांग्रसको भनाइ
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, चैत ५ : सत्तारुढ दल नेपाली कांग्रेसले सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल अघि नबढेको स्पष्ट पारेको छ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन्।
प्रवक्ता डा.महतले भने, ‘सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन। त्यस्तो कुरा उठेको पनि छैन।’
उनले नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलहरूसत्तामा आउनेबारे कुनै छलफल नभएको उनले बताए।
बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउँदा राजावादीहरूले निकालेको जुलुसबारे गृहमन्त्री रमेश लेखकले कांग्रेसको छलफलमा ‘ब्रिफिङ’ गरेका छन् ।
सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गृहमन्त्री लेखकले ब्रिफिङ गरेका हुन्।
राजावादीहरूले निकालेको जुलुसबारे बैठकका ब्रिफिङ गर्नेक्रममा लेखकले जुलुसको बिषयमा पार्टी नेताहरूलाई जानकारी गराएका हुन्।
गृहमन्त्री लेखकले समसामयिक राजनीतिका बिषयमा पनि ब्रिफिङ गरेका थिए।
साभार : काठमाडौं प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
20 मिनट पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
21 मिनट पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
1 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
1 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले