Janakpurdham
Sun, Sep 07, 2025
`

मधेश प्रदेशमा एसइई परीक्षाको सम्पूर्ण तयारी पुरा

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत ६ गते । चैत ७ गते अर्थात् भोलिदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को मधेश प्रदेशमा सम्पूर्ण तयारी पुरा भएको छ ।

मधेश प्रदेशबाट यस पटकको एसइई परीक्षामा १ हजार २ सय ३१ विद्यालयका कूल ८८ हजार ८ सय ५८ परीक्षार्थी सहभागी हुन लागेका छन् । यसका लागि प्रदेशभरका ३ सय १२ परीक्षा केन्द्रमा १२ हजार २ सय ४२ कर्मचारी तथा सुरक्षाकर्मीहरूको परिचालन गरिएको छ । 

यसका साथै ४ सय ५९ सहायक केन्द्राध्यक्ष, ४ हजार ३ सय ७० निरीक्षक, ७ सय ५५ परीक्षा सहायक, १ हजार ६ सय ६६ सहयोगी ४ हजार ६ सय ८० सुरक्षाकर्मी परिचालन गर्न लागेको छ । 

यस पटकको एसइई परीक्षा व्यवस्थापनमा सुरक्षामा विशेष ध्यान दिइएको विभिन्न जिल्लाका एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिहरूले जनाएका छन् । प्रत्येक परीक्षा केन्द्रमा सुरक्षाकर्मीहरूको पर्याप्त व्यवस्था गरिएको छ । 

परीक्षाको निष्पक्षता सुनिश्चित गर्न निरीक्षक र अन्य कर्मचारीहरूको कडा निगरानी राखिने भएको छ । सुरक्षाकर्मीहरूले परीक्षा स्थलहरूको सुरक्षा र शान्तिपूर्ण सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । यसका साथै परीक्षा केन्द्रहरूमा आवश्यक औषधि सहित स्वास्थ्यका कर्मचारीहरू परिचालन गर्ने भएका छन् । 

यसका साथै परीक्षा केन्द्रमा मोबाइल तथा कुनै प्रकारको चिट लानमा निषेध गर्ने काम भएको छ । मधेश प्रदेश सरकारले परीक्षाको अनुगमन नगर्ने भएपनि जिल्ला परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले गर्ने भएका छन् । 

बिहान ८ बजे देखि ११ बजेसम्म परीक्षा हुने भएका छन् । परीक्षा चैत्र ७ गतेबाट शुरु भएर १९ गतेसम्म सञ्चालन हुने भएको छ । मधेश प्रदेशमा विगत वर्ष भन्दा करिब १० हजारले कम परीक्षार्थीहरू एसइईमा सामेल हुन लागेका छन् । 


साभार : रेडियो नेपाल

`
12 comments
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..

काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..

2 घन्टा पहिले

जागौं देशवासी! भ्रष्टाचार र छलकपटबाट मुक्ति लिऔं!

–डा. राजीव झा, उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टीनेपालमा अहिले देखिएको राजनीतिक संकट नयाँ होइन। दशकौंयता कांग्..

2 घन्टा पहिले

आलोचना सहन नसकेर इगोका कारण सरकारले सामाजिक सञ्जाल बन्द ..

काठमाडौं, भदौ २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन न..

2 घन्टा पहिले

सामाजिक संजाल सम्बन्धि सरकारको निर्णय गलत छ, पुनर्विचार ..

काठमाडौं, भदौ १९ : नेपाली कांग्रेसका महामन्त्री एवम सांसद गगन थापाले सामाजिक सञ्जालको विषयमा सरकारले गरेको निर्ण..

2 दिन पहिले

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय: नागरिक स्वतन्त्रता मा..

जनकपुरधाम, भदौ १९ गते । नेपाल सरकारले हालै गरेको निर्णयले फेरि एक पटक देशभर बहस चर्किएको छ। सरकारले Facebook, YouTube, WhatsApp, Twitter (..

2 दिन पहिले