
राजतन्त्र फर्किने सम्भावना छैन : पूर्व प्रधानमन्त्री भट्टराई
7 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, चैत ९ गते । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा राजतन्त्र आउने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
जनकपुरधाम स्थित प्रादेशिक पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संविधान सभाबाट राजालाई हटाएकोले अब आउने सम्भावना नरहेको बताउनुभयो ।
उहाँले राजतन्त्रको पक्षमा वकालत गरिए पनि संविधान सभाले गरेको निर्णयका विरुद्ध कुनै पनि गतिविधि स्वीकार गर्न नसकिने बताउनुभयो ।
उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक भएको देशमा सबैको बीचमा एकता कायम गर्नुपर्ने ठाउँमा एउटा जातिको पुरुष र एउटा जाति, धर्म मान्ने पुरुष राज्यसत्तामा ल्याउने भनेको समावेशिता, जातीय, क्षेत्रीय विविधता माथिको समेत प्रहार हुने र यसले ठूलो द्वन्द्वतर्फ लाने भएकाले सचेत रहनका लागि आग्रह गर्नुभयो ।
साभार : रेडियो नेपाल

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
7 घन्टा पहिले
क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..
7 घन्टा पहिले
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
1 दिन पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
1 दिन पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
2 दिन पहिले