जनकपुरधामको ऐतिहासिक तथा सार्वजनिक स्थलमा फोहर फाल्नेहरू धमाधम पक्राउ पर्दै
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत ११ गते । मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाले सार्वजनिक तथा धार्मिक स्थलमा फोहर फाल्नेलाई पक्राउ गरेर आर्थिक रुपमा दण्डित गर्न थालेको छ ।
जनकपुरधामको ऐतिहासिक जानकी मन्दिर, जनक मन्दिर, राममन्दिर सहित रामानन्द चोक, पिडारी चोक तथा अस्पताल रोडमा रातिको समयमा ठेलाबाट फोहर फाल्ने ३० जनालाई पक्राउ गरेर स्थानीय शासन ऐन अनुसार प्रति व्यक्ति ५ हजार १ सयको दरले जरिवाना तिराएको उपमहानगरपालिकाले जनाएको हो ।
सार्वजनिक तथा ऐतिहासिक स्थलहरूमा फोहर फाल्नेलाई लुकेर बसेको नगर प्रहरी तथा नेपाल प्रहरीको टोलीले पक्राउ गरेर रात भरि थुनामा राख्नुको साथै अर्को दिन कार्यालय खुलेपछि ५ हजार १ सय जरिवाना तिराएर छाड्न थालेको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जानकारी दिनु भयो ।
उपमहानगरपालिकाले राति १० बजेपछि सडक पेटी तथा सडकको गल्लीमा लगेर होटल तथा अस्पतालको फोहर फाल्ने गरेको पाएपछि सफा जनकपुर राख्नका लागि अभियान चलाएको र यो अभियान निरन्तर रुपमा चल्ने नगरप्रमुख साहले बताउनु भयो । पक्राउ पर्नेमा जनकपुरधामका ठूला व्यापारीहरू पनि रहेका छन् ।
पछिल्लो समयमा उपमहानगरपालिकाले जथाभाबी रुपमा फोहर फाल्ने माथि कडा रुपमा प्रस्तुत भएपछि विगत केही दिन यता जनकपुरधामको सरसफाईमा सुधार हुन थालेको छ । नेपाल प्रेस काउन्सिलका उप–प्रशासकीय अधिकृत रहमतुल्ला मियाँले आफू केही वर्ष अगाडी आउँ जनकपुरधाम आउँदा अस्त व्यस्त तथा फोहर देखिने गरेकोमा अहिले निक्कै सफा र व्यवस्थित देखिएको बताउनु भयो ।
जनकपुरधामको भ्रमणमा आउने पर्यटकहरूले पनि जनकपुरधाममा अहिले सरसफाईमा सुधार भएको जनाएका छन् । विश्वका हिन्दुहरूका लागि ऐतिहासिक तथा धार्मिक महत्वको जनकपुरधामलाई सफा र सुन्दर बनाउने काम हरेक जनकपुरधाम बासीको रहेको नगरप्रमुख साहले बताउनु भयो । जनकपुरधाम फोहर शहर भएको भनेर प्रचार गर्नेलाई जथाभाबी फोहर नफालेर कामले जवाफ दिनका लागि आम जनकपुरधाम बासीसँग उपमहानगरपालिकाले अपिल पनि गरेको छ ।
साभार ः रेडियो नेपाल
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
28 मिनट पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
29 मिनट पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
1 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
1 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले