जनकपुरधामको ऐतिहासिक तथा सार्वजनिक स्थलमा फोहर फाल्नेहरू धमाधम पक्राउ पर्दै
7 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत ११ गते । मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाले सार्वजनिक तथा धार्मिक स्थलमा फोहर फाल्नेलाई पक्राउ गरेर आर्थिक रुपमा दण्डित गर्न थालेको छ ।
जनकपुरधामको ऐतिहासिक जानकी मन्दिर, जनक मन्दिर, राममन्दिर सहित रामानन्द चोक, पिडारी चोक तथा अस्पताल रोडमा रातिको समयमा ठेलाबाट फोहर फाल्ने ३० जनालाई पक्राउ गरेर स्थानीय शासन ऐन अनुसार प्रति व्यक्ति ५ हजार १ सयको दरले जरिवाना तिराएको उपमहानगरपालिकाले जनाएको हो ।
सार्वजनिक तथा ऐतिहासिक स्थलहरूमा फोहर फाल्नेलाई लुकेर बसेको नगर प्रहरी तथा नेपाल प्रहरीको टोलीले पक्राउ गरेर रात भरि थुनामा राख्नुको साथै अर्को दिन कार्यालय खुलेपछि ५ हजार १ सय जरिवाना तिराएर छाड्न थालेको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जानकारी दिनु भयो ।
उपमहानगरपालिकाले राति १० बजेपछि सडक पेटी तथा सडकको गल्लीमा लगेर होटल तथा अस्पतालको फोहर फाल्ने गरेको पाएपछि सफा जनकपुर राख्नका लागि अभियान चलाएको र यो अभियान निरन्तर रुपमा चल्ने नगरप्रमुख साहले बताउनु भयो । पक्राउ पर्नेमा जनकपुरधामका ठूला व्यापारीहरू पनि रहेका छन् ।
पछिल्लो समयमा उपमहानगरपालिकाले जथाभाबी रुपमा फोहर फाल्ने माथि कडा रुपमा प्रस्तुत भएपछि विगत केही दिन यता जनकपुरधामको सरसफाईमा सुधार हुन थालेको छ । नेपाल प्रेस काउन्सिलका उप–प्रशासकीय अधिकृत रहमतुल्ला मियाँले आफू केही वर्ष अगाडी आउँ जनकपुरधाम आउँदा अस्त व्यस्त तथा फोहर देखिने गरेकोमा अहिले निक्कै सफा र व्यवस्थित देखिएको बताउनु भयो ।
जनकपुरधामको भ्रमणमा आउने पर्यटकहरूले पनि जनकपुरधाममा अहिले सरसफाईमा सुधार भएको जनाएका छन् । विश्वका हिन्दुहरूका लागि ऐतिहासिक तथा धार्मिक महत्वको जनकपुरधामलाई सफा र सुन्दर बनाउने काम हरेक जनकपुरधाम बासीको रहेको नगरप्रमुख साहले बताउनु भयो । जनकपुरधाम फोहर शहर भएको भनेर प्रचार गर्नेलाई जथाभाबी फोहर नफालेर कामले जवाफ दिनका लागि आम जनकपुरधाम बासीसँग उपमहानगरपालिकाले अपिल पनि गरेको छ ।
साभार ः रेडियो नेपाल
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
16 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
16 घन्टा पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
2 दिन पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
2 दिन पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
3 दिन पहिले