आइसीटी सम्भावना भन्दा बढि आवश्यकता हो : गगन थापा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, चैत २३ : नेपाली कांगे्रसको महामन्त्री गगन थापाले नेपालमा आइसीटीको सम्भावना भन्दा बढि आवश्यकता रहेको बताएका छन्।
शनिबार एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको कार्यक्रममा बोल्दै उनले आइसीटीको आवश्यकता महशुस गरेर काम गर्नुपर्ने बताएका छन्।
‘नेपालमा आइसीटीको एकदमै धेरै प्रचुर सम्भावना छ। सम्भावना जति छ त्यो भन्दा बढि आवश्यता छ। यो आवश्यकतालाई महशुस गरेनौ र समयमा जोड्न सकेनौ भने वा दुईचार वर्षपछि गर्छौ भन्यौ भने पछि पर्नेछौं। रेल छुटिसक्छ। अहिले नै गर्नुपर्नेछ । आजै हामीले काम गर्नुपर्नेछ,’ उनले भने।
महामन्त्री थापाले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन युवा भन्दा उत्पादन बाहिर पठाएर विदेशी मुद्रा ल्याउनुपर्ने बताए।
‘हाम्रो इकोनमीमा ठूलो धक्का चाहिएको छ। हाम्रा युवहरु भन्दा पनि हाम्रो उत्पादन बाहिर बेचेर विदेशी मुद्रा ल्याउनु पर्नेछ,’ उनले भने, ‘ग्रोथ मात्र होइन जब पनि चाइएको छ । यी सबै कुराको लागि फिट हुने सेक्टर भनेको आइसीटी नै हो।’
उनले आइटी क्षेत्रको सम्भावनालाई महशुस गरेर सरकारले पनि २०२४ देखि २०३४ सम्मको लागि एउटा दशकको रुपमा मनाउने घोषणा गरेको जानकारी दिए।
साभार : काठमाडौं प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
1 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
1 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले