Janakpurdham
Wed, Aug 05, 2026
`

नयाँ वर्षसँगै मिथिलामा भोली जुडशीतल पर्व मनाइने

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,बैशाख १ गते । नयाँ वर्षका दिन आज मिथिलाका घर घरमा खानाका विभिन्न परिकारहरू तयार पारेर खाने चलन रहेको छ । यस दिन मुरिंगाको तरकारी अनिवार्य रुपमा खाने चलन रहेको छ । यसका साथै तरुवा, वडी, कडही जस्ता परिकारहरू तयार पारेर खाने तथा खुवाउने चलन रहेको छ । 

आज तयार पारेका खाद्यान्न मध्ये केही खाद्यान्न चोखो राखेर घरको ढोकाहरूमा भोली चढाउने प्रचलन मिथिलामा रहेको छ । यसका साथै भोली मिथिलाका ग्रामीण तथा शहरी क्षेत्रमा पनि शुद्ध माटोको हिलो छ्याप गरेर थाल पानी (माटो पानी) खेल्ने चलन रहेको छ । शुद्ध माटो शरीरको तापक्रमलाई कम गर्नमा मद्दत पुग्नुका साथै कतिपय चर्म रोग निको पार्ने भएकाले थाल पानी (माटो पानी) खेल्ने चलन रहेको छ । 

त्यसपछि नदी, पोखरी वा जलाशय स्नान गरेर नयाँ वर्षमा तयार पारेर पानीमा राखेको बासी भात तथा तरुवा सहितका परिकारहरू कूल देउतालाई चढाउने र  खाने चलन रहेको छ । 

बिहान उठ्ने बित्तिकै घरका मूल व्यक्तिले बासी पानी लोटामा राखेर परिवारका हरेक सदस्यको टाउकोमा आजुरमा राखी आर्शिवाद दिने गर्दछन् । जसलाई जूडशितल पर्व भनिन्छ भने थारु समुदायले यसैलाई शिरुवा पर्व भन्ने गर्दछन् । यो पर्व मैथिली भाषीका साथै भोजपुरी तथा अवधि भाषीले पनि मनाउँछन् ।

शिरुवा पर्वको अवसरमा मधेश प्रदेश सरकारले वैशाख २ गते सोमवार सार्वजनिक बिदा पनि दिएको छ । 


साभार : रेडियो नेपाल

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

23 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

23 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले