Janakpurdham
Wed, Oct 22, 2025
`

नयाँ वर्षसँगै मिथिलामा भोली जुडशीतल पर्व मनाइने

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,बैशाख १ गते । नयाँ वर्षका दिन आज मिथिलाका घर घरमा खानाका विभिन्न परिकारहरू तयार पारेर खाने चलन रहेको छ । यस दिन मुरिंगाको तरकारी अनिवार्य रुपमा खाने चलन रहेको छ । यसका साथै तरुवा, वडी, कडही जस्ता परिकारहरू तयार पारेर खाने तथा खुवाउने चलन रहेको छ । 

आज तयार पारेका खाद्यान्न मध्ये केही खाद्यान्न चोखो राखेर घरको ढोकाहरूमा भोली चढाउने प्रचलन मिथिलामा रहेको छ । यसका साथै भोली मिथिलाका ग्रामीण तथा शहरी क्षेत्रमा पनि शुद्ध माटोको हिलो छ्याप गरेर थाल पानी (माटो पानी) खेल्ने चलन रहेको छ । शुद्ध माटो शरीरको तापक्रमलाई कम गर्नमा मद्दत पुग्नुका साथै कतिपय चर्म रोग निको पार्ने भएकाले थाल पानी (माटो पानी) खेल्ने चलन रहेको छ । 

त्यसपछि नदी, पोखरी वा जलाशय स्नान गरेर नयाँ वर्षमा तयार पारेर पानीमा राखेको बासी भात तथा तरुवा सहितका परिकारहरू कूल देउतालाई चढाउने र  खाने चलन रहेको छ । 

बिहान उठ्ने बित्तिकै घरका मूल व्यक्तिले बासी पानी लोटामा राखेर परिवारका हरेक सदस्यको टाउकोमा आजुरमा राखी आर्शिवाद दिने गर्दछन् । जसलाई जूडशितल पर्व भनिन्छ भने थारु समुदायले यसैलाई शिरुवा पर्व भन्ने गर्दछन् । यो पर्व मैथिली भाषीका साथै भोजपुरी तथा अवधि भाषीले पनि मनाउँछन् ।

शिरुवा पर्वको अवसरमा मधेश प्रदेश सरकारले वैशाख २ गते सोमवार सार्वजनिक बिदा पनि दिएको छ । 


साभार : रेडियो नेपाल

`
12 comments
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

6 घन्टा पहिले

कांग्रेस कार्यवाहक सभापति खड्का भन्छन्– निर्वाचनको वात..

काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनको वातावरण बने पार्टीले ..

6 घन्टा पहिले

प्रचण्डकी छोरी गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा

काठमाडौं, कात्तिक ३ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट रा..

1 दिन पहिले

लक्ष्मी पूजामा झिलिमिली काठमाडौं

काठमाडौं, कात्तिक ३ : हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ।  तिहारमा झिल..

1 दिन पहिले

कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

काठमाडौँ,कार्तिक ३ गते । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मी..

2 दिन पहिले