Janakpurdham
Wed, Oct 14, 2026
`

नयाँ वर्ष मनाउन मठ मन्दिरदेखि पिकनिक स्थलसम्म युवायुवतीको भिड

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,बैशाख १ गते । नयाँ वर्ष २०८२ को अवसरमा धनुषा तथा महोत्तरी जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलमा नयाँ वर्ष मनाउनेहरूको भिड लागेको छ । 

धनुषा जिल्लाको सदरमुकाम जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, कपिलेश्वरनाथ, कुपेश्वरनाथ, क्षिरेश्वरनाथ र धनुषाधाम सहितका मन्दिरमा पूजाका लागि बिहानदेखि नै भक्तजनहरूको अत्यधिक भिड रहेको छ । 

आजको दिनमा मठ मन्दिरमा पूजापाठ गरेको खण्डमा वर्ष भरिको दिन राम्रो रहने विश्वासका साथ स्नान गरेर नयाँ लुगा लगाई सपरिवार पूजापाठ गरिरहेका छन् । 

यसका साथै धनुषाका प्रमुख पर्यटकीय स्थल पोखरीया, धारापानी, सिरहा र धनुषाको सीमाना कमला नदी क्षेत्र, धनुषाधाम, कमला ब्यारेज, जनकपुरधामको मणि मण्डप क्षेत्र, नोचा पोखरी, महोत्तरीको टुटेश्वर, बर्दिबास, माई स्थान सहितका क्षेत्रमा वनभोज खानेहरूको अत्यधिक भिड देखिएको छ । 


साभार : रेडियो नेपाल

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

23 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

23 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले