Janakpurdham
Wed, Aug 05, 2026
`

स्व. रामनारायण स्मृति भवन निर्माणमा विवाद- शिलान्यासलगत्तै ताेडफाेड

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, वैशाख ३ गते । स्व. रामनारायण मिश्र स्मृति भवन निर्माण विवादित बनेको छ । जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको पूर्वी डिलमा स्मृति भवन निर्माण गर्न लाग्दा विरोध सुरु भएको हो ।

जनकपुरधाम उपमहानगरपालिका र नेपाली काँग्रेसका नेताहरु स्मृति भवन निर्माण गंगासागर पोखरीको पूर्वी डिलमै हुनुपर्ने अडानमा छन् । उनीहरु एक समारोहबीच स्मृति भवनको शिलान्यास समेत आज गरियो । तर अर्को पक्षले भने त्यहाँ स्मृति भवन बनाउन नहुने भन्दै शिलान्यास स्थलमा तोडफोड गरेका छन् ।

जनकपुरधामकै उपप्रमुख किशोरी साह रामनारायण मिश्र स्मारक समितिका संयोजक हुन् । उनकै अगुवाइमा आज एक समारोहबीच पण्डितद्वारा निर्माण कार्य प्रारम्भ गरियो । पूजापाठ सकेलगत्तै सुरक्षार्थ खटेका प्रहरीलाई छलेर केही युवाहरु निर्माणस्थलमा तोडफोड गरेका छन् ।

नेकपा एमालेका जनकपुरधाम नगर कमिटी सचिव राजु कुमार साहकै अगुवाइमा स्थानीयले गंगासागर पोखरीको डिलमा स्मृति भवन निर्माण गर्न नहुने भन्दै विरोध गरिरहेका छन् । उनीहरुकै समूह निर्माणस्थल पुगेर तोडफोड गरेको बुझिएको छ ।

 

एमालेका एक नेताले भने, ‘रामनारायण मिश्र स्मृति भवनको विरोध हामीले गरेको छैन । निर्माण स्थल सही चयन गर्नुपर्ने मात्र हाम्रो भनाइ छ । गंगासागर पोखरीको डिलमा नभएर अन्य ठाउँमा स्मृति भवन बनाए हामीलाई कुनै आपत्ति हुने छैन ।’

जनकपुरधामका नगर प्रमुख मनोज साह र उपप्रमुख किशोरी साह दुवैजना काँग्रेसकै छन् । उनीहरु मात्र होइन, काँग्रेस नेता विमलेन्द्र निधी, प्रदेश सांसद रामसरोज यादवलगायतका नेताहरु गंगासागर पोखरीको पूर्वी डिलमै स्मृति भवन बनाउने अडानमा छन् । त्यसैले स्मृति भवन निर्माण कार्य जुँगाको लडाईंमा परिणत भएको छ ।

गुठी संस्थानको पत्रको बेवास्ता

रामनारायण मिश्र स्मृति भवन निर्माण तत्काल नगर्न गुठी संस्थानले समितिका संयोजक साहलाई पठाएको । संस्थानले ०८१ चैत ३१ मै समिति संयोजक साहलाई पत्र पठाउँदै तत्काल निर्माण कार्य अगाडी नबढाउन भनेको छ ।

गंगासागर पोखरीको डिलसँग जोडिएको जग्गामा नियमानुसार नक्सा पास विना केहि संरचना निर्माण गर्न लागिको भन्ने जानकारी प्राप्त भएकाले सो सम्बन्धमा गुठी तैनाथी जग्गामा रहेको पोखरी र डिलको क्षेत्रफल यकिन गरी मात्र निर्माण कार्य गर्नुपर्ने हुँदा सो नहुँदासम्म कुनै पनि संरचना निर्माण कार्य नगरी नगराइदिनु हुन अनुरोध गर्दै गुठी संस्थान जनकपुरधाम शाखा प्रमुख आनन्द प्रसाद कर्माचार्यले पत्र काटेका छन् ।

तर गुठी संस्थानको पत्रको समेत बेवास्ता गर्दै समिति संयोजक साहले स्मृति भवन निर्माण कार्य अगाडि बढाएका छन् । मिश्रको समाधीस्थल यहाँ नै रहेकाले उनको स्मृति भवन निर्माण अगाडि बढाएको साहको दावी छ ।

स्मृति भवन निर्माणको ठेक्का भौतिक पूर्वाधार विकास कार्यालय जनकपुरधामबाट एम÷एस कर्मा बाबा जेभी जलेश्वर २, महोत्तरीले पाएको छ । ०८२ फाल्गुन २८ गतेभित्र स्मृति भवन निर्माण सकाउनेगरी सो कम्पनीले ५ करोड ७४ लाख ९६ हजार १२२ रुपैयाँ १९ पैसामा ठेक्का सकारेको हो ।

को हुन् स्व. रामनारायण मिश्र ?

रामनारायण मिश्रको जन्म महोत्तरीको पिपरा गाउँमा १९७९ जेठ २३ गते भएको थियो । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा महोत्तरीबाट विजयी भएका मिश्र विपी कोइरालाको जननिर्वाचित मन्त्रिमण्डलमा उद्योग मन्त्री भएका थिए ।

मिश्रकै पालामा जनकपुर चुरोट कारखाना, वीरगञ्ज चीनी मिल, कृषि औजार तथा छाला उद्योगसहितका दर्जनौं उद्योगहरु (जो अहिले बन्द भइसकेको छ) स्थापना भएको काँग्रेस नेताहरुको दावी छ ।

मिश्रको निधन २०२४ पुष ६ मा भयो । उनको पहिलो स्मृति दिवस २०२५ पुस ६ मै काँग्रेसका तत्कालिन दिग्गज नेता गणेशमान सिंहले स्मृति भवन निर्माणको संकल्प लिएका थिए । तर लामो समयपछि निर्माण हुन लागेको स्मृति भवन पनि विवादित बनेको छ ।

 

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

23 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

23 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले