Janakpurdham
Thu, Oct 16, 2025
`

सरकारको प्रष्टोक्ति- गभर्नर नियुक्तिमा ओली र देउवाबीच सहमति भइसक्यो

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,वैशाख ३ गते । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गभर्नर नियुक्ति छिट्टै हुने बताएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरुङले गभर्नर नियुक्तिको विषय दलहरुको चासो हुनु स्वभाविक भएको बताए।

उनले भने, ‘गभर्नर नियुक्ति ढिलो भएकै छ। चाँडोभन्दा चाँडो गर्दैछौं। कुनै चलखेल भएको छैन। एउटै पार्टीको सरकार होइन, मिलिजुली सरकार हो। सरकारमा कांग्रेस र एमाले मात्रै होइन अरु पार्टीहरु पनि छन्। यो विषयमा सबैको चासो हुन्छ, त्यसलाई मिलाउनुपर्ने छ।’

हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नर नियुक्ति गर्ने सहमति भएको बताए।


साभार : नेपाल प्रेस

`
12 comments
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

4 घन्टा पहिले

क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..

4 घन्टा पहिले

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

1 दिन पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

1 दिन पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले