यक्ष दहको संरक्षण र विकासका लागि गाउँपालिका अध्यक्ष महतोद्वारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
सर्लाही ,बैशाख ४ गते । सर्लाहीको चन्द्रनगरमा गाउँपालिका अध्यक्ष राजकुमार महतोले महाभारतकालीन यक्ष दहको संरक्षण र विकासका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापन पत्र बुझाउनुभएको छ । नाढीमन ताललाई महाभारतकालीन यक्ष दहको रुपमा चिनिन्छ, जुन हस्तिनापुर, कुरुक्षेत्र र विराट जस्ता ऐतिहासिक स्थलसँग सम्बन्धित रहेको चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोले ज्ञापन पत्र मार्फत मुख्यमन्त्री सिंहलाई जानकारी दिनुभयो ।
नेपाल सरकारले नाढीमन ताललाई देशका १०० प्रमुख पर्यटकीय गन्तव्यमा सूचीकृत गरिसकेको र मधेश प्रदेश सरकारले आ.व. २०८०/८१ को नीति तथा कार्यक्रममा यसलाई प्रदेश गौरवको योजनामा समावेश गरे पनि विकासको पक्षमा हालसम्म ठोस काम नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
मधेश प्रदेश अन्तर्गत पर्ने ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण सर्लाहीको चन्द्रनगर गाउँपालिका स्थित रहेको नाढीमन तालको संरक्षण, विकास र सौन्दर्यीकरणका लागि समेत पनि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई अध्यक्ष महतोले ज्ञापन पत्र बुझाउनुभएको हो ।
“स्थानीय तहको स्रोतले मात्र नाढीमन तालको समुचित विकास सम्भव छैन, यसको संरक्षण, मौलिक पुनःनिर्माण तथा भौतिक विस्तारका लागि अरबौँ रकम बराबरको लगानी आवश्यक छ,” अध्यक्ष महतोले ज्ञापन पत्रमा उल्लेख गर्नुभएको छ ।
ज्ञापन पत्रमा तालसँग जोडिएका अन्य तालतलैया, धार्मिक सम्पदा, नदी–खोला तथा भूमिहीन दलित समुदायको व्यवस्थापन गर्दै सम्पूर्ण क्षेत्रको समुचित विकास गर्नुपर्ने माग गरेको छ। त्यस्तै ताललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले अग्रसर भूमिका खेल्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउत लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
साभार : रेडियो नेपाल
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
23 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
23 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
2 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
3 दिन पहिले