Janakpurdham
Tue, Oct 28, 2025
`

यक्ष दहको संरक्षण र विकासका लागि गाउँपालिका अध्यक्ष महतोद्वारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

सर्लाही ,बैशाख ४ गते । सर्लाहीको चन्द्रनगरमा गाउँपालिका अध्यक्ष राजकुमार महतोले महाभारतकालीन यक्ष दहको संरक्षण र विकासका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापन पत्र बुझाउनुभएको छ । नाढीमन ताललाई महाभारतकालीन यक्ष दहको रुपमा चिनिन्छ, जुन हस्तिनापुर, कुरुक्षेत्र र विराट जस्ता ऐतिहासिक स्थलसँग सम्बन्धित रहेको चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोले ज्ञापन पत्र मार्फत मुख्यमन्त्री सिंहलाई जानकारी दिनुभयो ।

नेपाल सरकारले नाढीमन ताललाई देशका १०० प्रमुख पर्यटकीय गन्तव्यमा सूचीकृत गरिसकेको र मधेश प्रदेश सरकारले आ.व. २०८०/८१ को नीति तथा कार्यक्रममा यसलाई प्रदेश गौरवको योजनामा समावेश गरे पनि विकासको पक्षमा हालसम्म ठोस काम नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

मधेश प्रदेश अन्तर्गत पर्ने ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण सर्लाहीको चन्द्रनगर गाउँपालिका स्थित रहेको नाढीमन तालको संरक्षण, विकास र सौन्दर्यीकरणका लागि समेत पनि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई अध्यक्ष महतोले ज्ञापन पत्र बुझाउनुभएको हो ।

“स्थानीय तहको स्रोतले मात्र नाढीमन तालको समुचित विकास सम्भव छैन, यसको संरक्षण, मौलिक पुनःनिर्माण तथा भौतिक विस्तारका लागि अरबौँ रकम बराबरको लगानी आवश्यक छ,” अध्यक्ष महतोले ज्ञापन पत्रमा उल्लेख गर्नुभएको छ ।

ज्ञापन पत्रमा तालसँग जोडिएका अन्य तालतलैया, धार्मिक सम्पदा, नदी–खोला तथा भूमिहीन दलित समुदायको व्यवस्थापन गर्दै सम्पूर्ण क्षेत्रको समुचित विकास गर्नुपर्ने माग गरेको छ। त्यस्तै ताललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले अग्रसर भूमिका खेल्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउत लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । 


साभार : रेडियो नेपाल

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

22 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

22 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले