Janakpurdham
Tue, Oct 28, 2025
`

संघीय गणतन्त्रमा नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हुन्छ : सभामुख मण्डल

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,वैशाख ६ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रका कारणले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रहेकाले यसको रक्षा गर्ने दायित्व प्रेस जगतको पनि रहेको बताउनुभएको छ ।

संसदीय मामिला पत्रकार समाज जनकपुरधामद्वारा आयोजित प्रदेश सभा सचिवालयमा वरिष्ठ पत्रकारहरूसँगको अन्तरक्रियामा उहाँले पत्रकारहरूले जहिले पनि देश र जनतालाई सर्वोपरि स्थानमा राखेर कलम चलाउन जरुरी रहेको बताउनुभयो । 

उहाँले संसदीय पत्रकार समाजले संसदीय पत्रकारिताको विकासका लागि अहम् भूमिका खेल्ने विश्वास व्यक्त गर्दै समाजमा आबद्ध रहेका पत्रकारहरूलाई अर्को वर्षदेखि प्रशिक्षण तथा अध्ययन भ्रमणको व्यवस्था गरिने बताउनुभयो ।

कार्यक्रममा सहभागी वरिष्ठ पत्रकारहरूले प्रदेश सभा तथा सरकारसँग गरेको अपेक्षाका विषयमा आ–आफ्नो धारणा सहितको सुझावहरू दिनुभएको थियो । 


साभार : रेडियो नेपाल

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

22 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

22 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले