जनकपुरको गंगासागरमा निर्माणाधीन स्व. रामनारायण मिश्र स्मृति भवन निर्माण रोक्न उच्च अदालतको आदेश
6 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,वैशाख ७ गते । जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको पूर्वी डिलमा भइरहेको स्व. रामनारायण मिश्र स्मृति भवन निर्माण तत्काल रोक्न आदेश जारी भएको छ ।
उच्च अदालत जनकपुरधामले स्व. रामनारायण मिश्र स्मृति भवन तत्काल अगाडि बढाउने कार्य नगर्नु, नगराउनु, निर्मायण कार्य सुरु गरेको भए यथास्थितिमा राख्नु भनी आदेश जारी भएको हो । उच्चका न्यायाधीश राजुराम सिलवालले सो आदेश दिएका हुन् ।
जनकपुरधामका उपप्रमुख किशोरी साह स्व. रामनारायण मिश्र स्मारक समितिका संयोजक हुन् । उनकै अगुवाइमा वैशाख ३ मा गंगासागर पोखरीको पूर्वी डिलमा स्मृति भवन निर्माणको शिलान्यास गरिएको थियो । तर सोही दिन शिलान्यास स्थलमा स्थानीयले तोडफोड गरेपछि स्मृति भवन निर्माण विवादित बनेको छ ।
स्मृति भवन निर्माणका लागि भौतिक पूर्वाधार विकास कार्यालय जनकपुरधामले ५ करोड ७४ लाख ९६ हजार १२२ रुपैयाँ १९ पैसा (भ्याटसहित)मा ठेक्का लगाएको छ । सो निर्माणको ठेक्का पाएको एम/एस कर्मा बाबा जेभी जलेश्वर २, महोत्तरीले निर्माण अगाडी बढाएको छ ।
स्मृति भवन शिलान्यास नगरेकै अवस्थामा गुठी संस्थान जनकपुरधामले पनि तत्काल निर्माण अगाडी नबढाउन निर्देशन दिएको थियो । तर राजनीतिक दबाबका कारण गुठी संस्थाले पछि गंगासागर पोखरीमा असर नपर्ने गरी निर्माण गर्न पत्राचार गरेको छ ।
गुठी संस्थानकै पत्रको आधारमा निर्माण अगाडि बढाएपछि महेन्द्र प्रसाद साहले उच्च अदालतमा उत्प्रेषण मुद्दा दर्ता गराएका थिए ।
सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७५ मा भवन निर्माण गर्दा सम्पदा क्षेत्रमा रहेको सार्वजनिक पोखरी जलासयको डिलबाट ५ मिटर जग्गा छाड्नुपर्ने उल्लेख छ । तर स्मृति भवन निर्माण गर्दा ५ मिटर नछाडिएको उच्चको आदेशमा जिकिर गरिएको छ ।

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
20 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
20 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले