Janakpurdham
Tue, Oct 28, 2025
`

शंकराचार्यको आगमनलाई केन्द्रित गर्दै धर्म, अध्यात्म र राष्ट्र विषयक विचार गोष्ठी सम्पन्न

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, वैशाख ८ गते । नेपाल भारत खुला सिमा संवाद समूहको आयोजनामा "धर्म, अध्यात्म र राष्ट्र" विषयक एक विशेष विचार गोष्ठी आज देवडिहामा सम्पन्न भयो। उक्त कार्यक्रमको केन्द्रबिन्दु पुरी शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झाको उपस्थितिसँगै शंकराचार्यजीको आगामी देवडिहा आगमन रहेको थियो।गोष्ठीको अध्यक्षता देवचन्द्र झाले गर्नुभयो। उहाँले आफ्नो मन्तव्यमा भगवान शंकराचार्यजीलाई यथाशीघ्र देवडिहा आगमनको लागि औपचारिक निमन्त्रणा समेत गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता (कलकत्ता हाईकोर्ट) तथा पुरी शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झा हुनुहुन्थ्यो। उहाँले धर्म, अध्यात्म र राष्ट्रबोधको विषयमा गहन विचार प्रस्तुत गर्नुभयो। विशेष अतिथिका रुपमा नेपाल भारत खुला सिमा संवाद समूहका अध्यक्ष राजीव झा, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. आर.एन. झा, बुद्धिजीवी राजकुमार झा, मना जी, इन्द्रेश झा, कृष्ण कुमार साह, सुदीप महतो, ईश्वर कापर, शुभास झा लगायत उपस्थित हुनुहुन्थ्यो।समूहका अध्यक्ष राजीव झाले नेपाल–भारत खुला सिमाबाट हुने लाभ र सांस्कृतिक सम्बन्धमाथि प्रकाश पार्दै, खुला सिमालाई पुर्ण ले खुला नै गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।कार्यक्रमले धर्म, अध्यात्म र राष्ट्रप्रेमबीचको सम्बन्ध र नेपाल–भारतको सांस्कृतिक एकतालाई अझ मजबुत बनाउने सन्देश दिएको आयोजकले जनाएको छ।

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

20 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

20 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले