Janakpurdham
Wed, Oct 14, 2026
`

शंकराचार्यको आगमनलाई केन्द्रित गर्दै धर्म, अध्यात्म र राष्ट्र विषयक विचार गोष्ठी सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, वैशाख ८ गते । नेपाल भारत खुला सिमा संवाद समूहको आयोजनामा "धर्म, अध्यात्म र राष्ट्र" विषयक एक विशेष विचार गोष्ठी आज देवडिहामा सम्पन्न भयो। उक्त कार्यक्रमको केन्द्रबिन्दु पुरी शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झाको उपस्थितिसँगै शंकराचार्यजीको आगामी देवडिहा आगमन रहेको थियो।गोष्ठीको अध्यक्षता देवचन्द्र झाले गर्नुभयो। उहाँले आफ्नो मन्तव्यमा भगवान शंकराचार्यजीलाई यथाशीघ्र देवडिहा आगमनको लागि औपचारिक निमन्त्रणा समेत गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता (कलकत्ता हाईकोर्ट) तथा पुरी शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झा हुनुहुन्थ्यो। उहाँले धर्म, अध्यात्म र राष्ट्रबोधको विषयमा गहन विचार प्रस्तुत गर्नुभयो। विशेष अतिथिका रुपमा नेपाल भारत खुला सिमा संवाद समूहका अध्यक्ष राजीव झा, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. आर.एन. झा, बुद्धिजीवी राजकुमार झा, मना जी, इन्द्रेश झा, कृष्ण कुमार साह, सुदीप महतो, ईश्वर कापर, शुभास झा लगायत उपस्थित हुनुहुन्थ्यो।समूहका अध्यक्ष राजीव झाले नेपाल–भारत खुला सिमाबाट हुने लाभ र सांस्कृतिक सम्बन्धमाथि प्रकाश पार्दै, खुला सिमालाई पुर्ण ले खुला नै गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।कार्यक्रमले धर्म, अध्यात्म र राष्ट्रप्रेमबीचको सम्बन्ध र नेपाल–भारतको सांस्कृतिक एकतालाई अझ मजबुत बनाउने सन्देश दिएको आयोजकले जनाएको छ।

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

23 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

23 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले