कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने
6 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ ,वैशाख ९ गते । पर्सि वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुनेगरि सरेको छ । शिक्षकहरूको आन्दोलनका कारण पर्सि ११ गतेदेखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
यद्यपि बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्ने जनाएको छ ।
मङ्गलवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन परीक्षा सार्न बोर्डलाई निर्देशन दिनुभएको थियो ।
यसअघि बिहान बसेको परीक्षा बोर्डले तोकिएको समय वैशाख ११ गते नै निजामती कर्मचारी परिचालन गरेरै भएपनि परीक्षा गर्ने निर्णय गरेको थियो ।
साभार : रेडियो नेपाल
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
10 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
10 घन्टा पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
1 दिन पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
1 दिन पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
3 दिन पहिले