काँग्रेस सहमहामन्त्रीको चरित्र हत्याको विरोधमा धनुषामा प्रदर्शन
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, वैशाख १३ गते । धनुषाको लक्ष्मीनियाँमा नेपाली काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला जलाउँदै कडा कारबाहीको माग गरेको छ ।
नेपाली कांग्रेसका मधेस प्रदेश सभाका प्रमुख सचेतक कुमरकान्त झाको नेतृत्वमा लक्ष्मीनियाँमा जनकपुर–ढल्केबर सडक खण्ड आधा घण्टा अवरोध गरी लिङ्देनको पुत्ला जलाइएको हो । प्रमुख सचेतक झाले प्रतिनिधि सभामा झुठा अभिव्यक्ति दिएर भ्रम फैलाउने लिङ्देनलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
लिङ्देनले शुक्रवारको प्रतिनिधि सभाको बैठकमा भाटभटेनी लुटपाटमा सत्तारुढ दल काँग्रेसकै सह–महामन्त्रीको छोरा पनि रहेको तर प्रहरीले छाडेको अभिव्यक्ति दिएको विषयलाई लिएर विरोध प्रदर्शन भएको हो ।
राजावादीको तीनकुने प्रदर्शनको क्रममा प्रदर्शनकारीले भाटभटेनी लुटपाट गरेको थियो । यद्यपि लिङदेनले कांग्रेसका एक जना सहमहामन्त्रीका छोरा भने पनि कसैको नाम लिएका थिएनन् ।
कांग्रेस सह–महामन्त्री यादवका छोरा द्वय विकास र आकाश दुवै चिकित्सक हुनुहुन्छ र देश बाहिर । तर उहाँहरूको संलग्नता रहेको आरोप लगाएपछि धनुषा कांग्रेस आन्दोलित बनेको छ ।
साभार : रेडियो नेपाल
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
22 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
22 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
2 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
3 दिन पहिले