नेपाली कांग्रेसका नेता तीर्थराम डंगोलको निधन
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, वैशाख १३ः नेपाली कांग्रेसका नेता तीर्थराम डंगोलको निधन भएको छ। डंगोल पूर्वस्वास्थ्य राज्यमन्त्री पनि हुन्।
७७ वर्षीय डंगोलको शुक्रबार राति निधन भएको हो। उनी प्रोष्टेट क्यान्सर र मिर्गौला रोगबाट पीडित थिए। उनको उपचारका क्रममा सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो।
डंगोल कांग्रेस काठमाडौंको कोषाध्यक्ष, जिल्ला सभापति तथा काठमाडौं महानगरपालिकाको उपमेयरसमेत भएका थिए। २०६२र६३ को जनआन्दोलनका बेला उनी काठमाडौंमा कमाण्डर थिए।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने छ। त्यसपछि आजै टेकू दोभानमा उनको अन्त्येष्टि गरिनेछ।
डंगोलको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुस्ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
साभार : काठमाडौं प्रेस
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
22 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
22 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
2 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
3 दिन पहिले