Janakpurdham
Wed, Oct 14, 2026
`

राप्रपा अध्यक्षले मेरो चरित्र हत्या गर्न खोजेकाले कारबाही हुनुपर्दछ : सह–महामन्त्री यादव

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, वैशाख १४ गते । नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादवले विना प्रमाण र आधार मेरो चरित्र हत्या गर्ने किसिमले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाको बैठकमा राखेको विचार विचार प्रति आपत्ति जनाउँदै कारबाहीका लागि माग गर्नु भएको छ । 

सह–महामन्त्री यादवले नेपाली काँग्रेस धनुषाका पार्टी कार्यालय बिपी भवनमा आज आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा बोल्दै सो माग गर्नु भएको हो । 

उहाँले प्रतिनिधि सभा जस्तो संवेदनशील ठाउँमा एउटा पार्टीका अध्यक्षले नेपाली काँग्रेसका सह–महामन्त्रीको नाउँ बदनाम गर्ने गरि अभिव्यक्ति दिएकाले यसको छानविन गरेर कारबाही बढाउनका लागि प्रधानमन्त्री सहित सरकारसँग माग गर्नुभयो । 

सह–महामन्त्री यादवले आफ्ना दुवै छोरा चिकित्सा पेसामा रहेको बताउँदै राजावादीले तीन कुनेमा गरेको प्रदर्शनका दिनमा भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा आफ्नो छोराको नाउँ उल्लेख गर्ने कामलाई ठूलो षड्यन्त्रको रुपमा लिएको बताउनु भयो । 

उहाँले राप्रपाका अध्यक्ष माथि छानविन गरेर कारबाही नभएको खण्डमा नेपाली काँग्रेस चुप लागेर नबस्ने र कार्यकर्ताहरू राप्रपा विरुद्धको आन्दोलनमा उत्रने चेतावनी पनि दिनु भयो । 

सह–महामन्त्री यादवले राजतन्त्र भूत भइसकेकाले आउन नसक्ने बताउँदै गणतन्त्रको छोटो अवधिमा भएको विकास निर्माणको काम राजतन्त्रको पुरै अवधिमा नभएको बताउनु भयो ।  

एक प्रश्नको जवाफमा यादवले वर्तमान केपी ओली नेतृत्वको सरकारसँग नेपाली काँग्रेसको कुनै विमति नभएर पूर्ण साथ र सहयोग रहेको बताउनु भयो । काँग्रेसका सह–महामन्त्री यादवले अबको १४ महिनापछि नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने बताउनु भयो । 

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता रामसरोज यादव, मधेश प्रदेशका ऊर्जा, खानेपानी तथा सिञ्चाईमन्त्री शेषनारायण यादव, मधेश प्रदेश सभाका प्रमुख सचेतक कुमरकान्त झा, नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार सहितका नेताहरू उपस्थित रहनु भएको थियो ।


साभार : रेडियो नेपाल

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

22 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

22 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले