राप्रपा अध्यक्षले मेरो चरित्र हत्या गर्न खोजेकाले कारबाही हुनुपर्दछ : सह–महामन्त्री यादव
6 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, वैशाख १४ गते । नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादवले विना प्रमाण र आधार मेरो चरित्र हत्या गर्ने किसिमले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाको बैठकमा राखेको विचार विचार प्रति आपत्ति जनाउँदै कारबाहीका लागि माग गर्नु भएको छ ।
सह–महामन्त्री यादवले नेपाली काँग्रेस धनुषाका पार्टी कार्यालय बिपी भवनमा आज आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा बोल्दै सो माग गर्नु भएको हो ।
उहाँले प्रतिनिधि सभा जस्तो संवेदनशील ठाउँमा एउटा पार्टीका अध्यक्षले नेपाली काँग्रेसका सह–महामन्त्रीको नाउँ बदनाम गर्ने गरि अभिव्यक्ति दिएकाले यसको छानविन गरेर कारबाही बढाउनका लागि प्रधानमन्त्री सहित सरकारसँग माग गर्नुभयो ।
सह–महामन्त्री यादवले आफ्ना दुवै छोरा चिकित्सा पेसामा रहेको बताउँदै राजावादीले तीन कुनेमा गरेको प्रदर्शनका दिनमा भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा आफ्नो छोराको नाउँ उल्लेख गर्ने कामलाई ठूलो षड्यन्त्रको रुपमा लिएको बताउनु भयो ।
उहाँले राप्रपाका अध्यक्ष माथि छानविन गरेर कारबाही नभएको खण्डमा नेपाली काँग्रेस चुप लागेर नबस्ने र कार्यकर्ताहरू राप्रपा विरुद्धको आन्दोलनमा उत्रने चेतावनी पनि दिनु भयो ।
सह–महामन्त्री यादवले राजतन्त्र भूत भइसकेकाले आउन नसक्ने बताउँदै गणतन्त्रको छोटो अवधिमा भएको विकास निर्माणको काम राजतन्त्रको पुरै अवधिमा नभएको बताउनु भयो ।
एक प्रश्नको जवाफमा यादवले वर्तमान केपी ओली नेतृत्वको सरकारसँग नेपाली काँग्रेसको कुनै विमति नभएर पूर्ण साथ र सहयोग रहेको बताउनु भयो । काँग्रेसका सह–महामन्त्री यादवले अबको १४ महिनापछि नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने बताउनु भयो ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता रामसरोज यादव, मधेश प्रदेशका ऊर्जा, खानेपानी तथा सिञ्चाईमन्त्री शेषनारायण यादव, मधेश प्रदेश सभाका प्रमुख सचेतक कुमरकान्त झा, नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार सहितका नेताहरू उपस्थित रहनु भएको थियो ।
साभार : रेडियो नेपाल
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
20 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
20 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले