Janakpurdham
Wed, Oct 14, 2026
`

सिम्रौनगढमा भीषण हावाहुरी र असिना पानीले ठूलो क्षति, एकको मृत्यु

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

वीरगंज,वैशाख १५ गते । बाराको सिम्रौनगढ इलाकामा गएराती आएको भीषण हावाहुरी र असिना पानीले ठूलो क्षति पुर्याएको छ । 

प्राकृतिक प्रकोपमा परी एक जनाको मृत्यु भएको छ भने करोडौँ रुपैयाँ बराबरको कृषि बाली र तरकारी खेतीमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

मृत्यु हुनेमा बारा सिम्रौनगढ नगरपालिका–बडा नम्बर १ खजानी टोल निवासी रामबिलास साह कलवारकी ५० वर्षीया श्रीमती मनतुरा देवी रहेकी छन् । स्थानीय लालबाबु कुशवाहाका अनुसार, राति असिना पानी, र हावाहुरी चलिरहेको समयमा ठूलो आवाजसहित चट्याङ पर्दा मनतुरा देवीलाई हृदयघात भएको र घटनास्थलमै उनको मृत्यु भएको हो ।

त्यसैगरी, हावाहुरी र असिनापानीले सिम्रौनगढ इलाकामा लगाइएको अन्नबाली र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ । सिम्रौनगढ इलाकाको खजानी, झवानी, नैकाटोला, अमृतगन्ज, जानकी नगर, बैरिया, हरिहरपुर, गङ्गानगर, सतुवाही, अमरपुर, कमलपुर, इटवाल, कनकपुर, देवापुर, टेटा, पर्सा र सिम्रौनगढ बजारलगायतका गाउँहरूमा लगाइएको मकै, काउली, टमाटर, बोडी, करेला, लौका, खिरा, भिन्डी र भन्टा लगायतका सबै बाली नष्ट भएका छन् ।

यस क्षेत्रमा सबैभन्दा बढी क्षति खजानीमा भएको छ, । खजानीमा हावाहुरीले दर्जनौँ कच्ची घरको छाना उडाएको छ भने अन्नबाली र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ । स्थानीय पीडितहरूका अनुसार, आँपको चिचिला, केरा खेती र फलफूल खेतीमा समेत ठूलो क्षति पुगेको छ ।


साभार : रेडियो नेपाल

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

22 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

22 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले