Janakpurdham
Wed, Oct 14, 2026
`

श्रम तथा रोजगार कार्यालय जनकपुरधामबाट ३० हजारले पाए श्रम स्वीकृति

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,वैशाख १६ गते । श्रम तथा रोजगार कार्यालय जनकपुरधाम मधेश प्रदेशले पाँच जिल्लाका वैदेशिक रोजगारीमा जाने ३० हजार ६२ जनालाई श्रम स्वीकृति दिएको कार्यालयले जनाएको छ । श्रम स्वीकृति पाउनेहरूमा संस्थागत, व्यक्तिगत नयाँ र व्यक्तिगत पुनः दर्ता रहेका छन् ।  

कार्यालयले आज धनुषाको लक्ष्मीनियामा आयोजना गरेको सञ्चार अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख दिवाकर भुजेलले चालु आर्थिक वर्षमा कार्यालयमा परेको श्रम सम्बन्धि ४६ उजुरीमध्ये अधिकांश फर्छ्यौट गरिएको बताउनुभयो । 

यसका साथै प्रदेशमा रहेको १ सय १२ उद्योग प्रतिष्ठानको निरीक्षण गरेर श्रम सम्बन्धि समस्याको समाधान गरेको जनाइएको छ । 

मधेश प्रदेशको श्रम तथा रोजगार कार्यालय जनकपुरधामको कार्यक्षेत्र धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरी जिल्ला तोकिएको छ । 

कार्यक्रम नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन साहको अध्यक्षतामा सम्पन्न भएको थियो । 


साभार : रेडियो नेपाल

 

 

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

22 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

22 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले