Janakpurdham
Wed, Oct 29, 2025
`

श्रम तथा रोजगार कार्यालय जनकपुरधामबाट ३० हजारले पाए श्रम स्वीकृति

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,वैशाख १६ गते । श्रम तथा रोजगार कार्यालय जनकपुरधाम मधेश प्रदेशले पाँच जिल्लाका वैदेशिक रोजगारीमा जाने ३० हजार ६२ जनालाई श्रम स्वीकृति दिएको कार्यालयले जनाएको छ । श्रम स्वीकृति पाउनेहरूमा संस्थागत, व्यक्तिगत नयाँ र व्यक्तिगत पुनः दर्ता रहेका छन् ।  

कार्यालयले आज धनुषाको लक्ष्मीनियामा आयोजना गरेको सञ्चार अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख दिवाकर भुजेलले चालु आर्थिक वर्षमा कार्यालयमा परेको श्रम सम्बन्धि ४६ उजुरीमध्ये अधिकांश फर्छ्यौट गरिएको बताउनुभयो । 

यसका साथै प्रदेशमा रहेको १ सय १२ उद्योग प्रतिष्ठानको निरीक्षण गरेर श्रम सम्बन्धि समस्याको समाधान गरेको जनाइएको छ । 

मधेश प्रदेशको श्रम तथा रोजगार कार्यालय जनकपुरधामको कार्यक्षेत्र धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरी जिल्ला तोकिएको छ । 

कार्यक्रम नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन साहको अध्यक्षतामा सम्पन्न भएको थियो । 


साभार : रेडियो नेपाल

 

 

`
12 comments
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

20 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

20 घन्टा पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

2 दिन पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

2 दिन पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

3 दिन पहिले