शिक्षक र सरकारबीच सहमति, के छन् ९ बुँदामा ?
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ, वैशाख १७ : नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू कार्यान्वयनमा आएका हुन् ।
सात बुदाको जगमा टेकेर शिक्षा मन्त्रालयले सहमति गरेको हो । त्यसका लागि शिक्षामन्त्री पन्तले निर्तमान शिक्षामन्त्री विद्या भट्टराईलाई धन्यवाद दिए ।
यी हुन् ९ बुँदे सहमति
१ शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।
२ अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।
३ प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने ।
४ आगामी आर्थिक वर्ष २०८२र८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।
५ स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।
६ सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।
७ नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।
८ नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।
९ निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।
साभार : काठमाडौं प्रेस
अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता
एजेन्सी, असार २५ गते ।अस्ट्रेलिया र भारतबिच अस्ट्रेलियाली युरेनियम भारतलाई निर्यात गर्ने महत्त्वपूर्ण सम्झौता..
1 दिन पहिले
इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइत..
एजेन्सी, असार २५ गते । इरानले कुवेततर्फ प्रहार गरेका क्षेप्यास्त्र र ड्रोनलाई अवरोध गर्ने क्रममा खसेको भग्न..
1 दिन पहिले
ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित..
काठमाडौं, असार २५ : आगामी साउन १ गतेदेखि नेपाली फिल्म ‘गौँथली’ प्रदर्शन हुँदैछ । झन्डै २५ वर्ष अगाडि प्रदर्शन..
1 दिन पहिले
मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीक..
काठमाडौं, असार २५ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल ..
1 दिन पहिले
प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छल..
काठमाडौं, असार २४ : प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषय..
2 दिन पहिले