Janakpurdham
Tue, Oct 28, 2025
`

कमला पुलको सम्झौता सकिँदै

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,वैशाख १८ गते । धनुषा तथा सिरहा जिल्लालाई जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला नदिको निर्माणाधीन पुलको ठेक्का सम्झौता भोली वैशाख १९ गते सम्पन्न हुन लागेको छ ।

मधेश प्रदेशका राजधानी जनकपुरधाम सिरहाबाट आउनका लागि बढीमा एक घण्टा लाग्ने अवस्था भएपनि पुल निर्माण हुन नसकेपछि आम जनता निक्कै पीडित हुनु परेको हो । कमला पुल उद्घाटन नहुँदै केही पिलर सामान्य बाढीमा भासिएपछि वर्षौँको स्थानीयवासीको मोटरबाट कमला नदी वारपार गर्ने चाहना पुरा हुन सकेको छैन । 

पप्पु जेभीले ठेक्का लिएको सो पुल १५ वर्ष हुँदा कमला पुरा भएको छैन । पुलको डिजाइन नै गलत भएका कारणले थोरै बाढीमा पुलको पिलर भाँसिएको प्राविधिकहरूले जनाएका थिए । पुल निर्माणको माग गर्दै कमला पुल निर्माण सङ्घर्ष समितिले पटक पटक विभिन्न प्रकारको आन्दोलन गर्दै आएको छ । 

oplus_2

संघीय सरकारको हुलाकी राजमार्ग सडक आयोजना अन्तर्गत रहेको कमला नदिको पुलको निर्माण भएपछि पूर्वको विराटनगर देखि जनकपुरधामसम्मको दूरी निक्कै घटेपछि सर्वसाधारणको भाडा तथा समयमा बचत हुने अवस्था हुँदा हुँदै पनि पुल नबन्दा घुमाउरो बाटो भएर जनकपुरधाम आउनु पर्ने बाध्यता सर्व साधारणमा रहेको छ । 

उता पश्चिम तीरको बागमतीको पुल निर्माण भएपछि जनकपुरधामबाट हुलाकी राजमार्ग भएर वीरगञ्जसम्मको दूरीमा व्यापक मात्रामा कमी आएर दक्षिण भेगमा बसोबास गर्ने आम जनतालाई यी दुई महत्वपूर्ण शहरमा पुग्नका लागि समय र साधन श्रोतको बचत हुने भएकाले यी दुई पुलको निर्माण तर्फ ध्यान दिनु पर्ने माग मधेश प्रदेशका जनताहरूले गर्दै आएको छ । 

कमला पुलको ठेक्का सम्झौता भोली सकिएपछि ठेक्का तोडेर नयाँ तरिकाले कमला पुलको निर्माण अगाडी बढाउने संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले सातै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीहरूको हालै धनुषामा सम्पन्न भएको राष्ट्रिय सम्मेलनमा जानकारी दिनु भएको हो ।   


साभार : रेडियो नेपाल

 

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

19 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

19 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले