Janakpurdham
Wed, Oct 14, 2026
`

श्रमिक वर्ग मुलुकको समृद्धिको मेरुदण्ड - यादव

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, वैशाख १८ गते । १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस जनकपुरधाममा विभिन्न कार्यक्रमसहित मनाइएको छ । नेपाल ट्रेड युनियन धनुषा कांग्रेसद्वारा आयोजित विशेष कार्यक्रममा मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री एवं प्रदेशसभा सदस्य रामसरोज यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले श्रमिक वर्ग मुलुकको समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूका अधिकार सुनिश्चित गर्न राज्यले प्रभावकारी नीतिहरू लागू गर्नुपर्नेमा जोड दिए । उनले श्रमिकहरूको हकहित र सुरक्षाका लागि ट्रेड युनियनहरूको भूमिका अझ सशक्त बनाउनुपर्ने बताए । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका श्रमिक प्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू तथा सामाजिक अभियन्ताहरूको समेत उपस्थिति रहेको थियो । सहभागीहरूले अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई विश्वभरका मजदुरहरूको संघर्ष र एकताको प्रतीकको रूपमा स्मरण गर्दै श्रमिकमैत्री नीति निर्माणको माग गरेका थिए। विश्वभरका मजदुरहरुले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालमा समेत मजदुर संघसंगठनहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा मे दिवसको दिन सार्वजनिक बिदा दिन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो ।

प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरे यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

22 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

22 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले