जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ मा सामुदायिक भवनको शिलान्यास सम्पन्न
6 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, वैशाख १९ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ मा एक कार्यक्रमका बीच दुई कोठे सामुदायिक भवनको शिलान्यास सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रममा उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले भवनको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख साहले ग्रामीण भेगको सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिका लागि यस्तो संरचना आवश्यक रहेको बताएका छन । उनले स्थानीयस्तरमै सुविधा सम्पन्न भवन निर्माण भएसँगै यहाँका बासिन्दालाई आफ्ना गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरे ।
उपमहानगरपालिकाको कुल ५० लाख रुपैयाँको बजेटमा निर्माण हुन लागेको उक्त भवनले स्थानीय समुदायलाई विविध सामाजिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ । वडा नं. १२ का अध्यक्ष महेन्द्र साहले भवनको निर्माणपछि वडावासीहरूलाई सामुदायिक कार्य सञ्चालन गर्न ठुलो राहत पुग्ने बताए । उक्त भवन निर्माण सम्पन्न भएपछि वडा नंं. १२ लगायत आसपासका बस्तीका बासिन्दालाई सामूहिक कार्यक्रम, सभा तथा सामाजिक कार्य सञ्चालन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । उपभोक्ता समिति मार्फत भवन निर्माण कार्य सुरु गरिएको छ र यो कार्य चालु आर्थिक वर्षको मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको समितिका सचिव सुशिल कुमार साहले जानकारी दिएका छन ।
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
19 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
19 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले