आज विश्व प्रेस स्वतन्त्रता दिवस, पत्रकार महासंघको प्रभातफेरी
6 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ, वैशाख २० : विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आज यहाँ प्रभातफेरी आयोजना गरेको छ ।
‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृतिम बौद्धिकताको प्रभाव’ भन्ने नाराकासाथ आयोजित प्रभातफेरी रत्नपार्क शान्तिकाबाट सुरू भइ भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । त्यसअवसरमा प्रेस तथा अभिव्यक्तिका लागि समयमा भएका सङ्घर्षमा योगदान गर्नुहुने सम्पूर्ण पत्रकारप्रति श्रद्धाभाव प्रकट गरियो ।
सोअवसरमा अग्रज पत्रकारले विश्व प्रेस दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवं पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा महासङ्घले देशभरकै पत्रकार अवस्था र प्रेस स्वतन्त्रता हननका घटनाको अनुगमन गर्दै आएकामा अघिल्ला वर्षको तुलनामा यो वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढेको बताईन् ।
उनले अहिले पनि दण्डहिनताको अवस्था कायमै रहेको, पत्रकारको हत्या नरोकिएको, निरन्तर धम्की व्यहोर्नुका साथै विस्थापित हुनुपरेको तथा सञ्चारमाध्यममा आक्रमणका घटना भइरहेकाले त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे ।
कार्यक्रममा महासचिव रामप्रसाद दाहाल, पूर्व कार्यवाहक अध्यक्ष एवं रमेश विष्ट र काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्याललगायतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएको आन्दोलनको अग्रमोर्चामा रही योगदान पुर्याएको नेपाली पत्रकारिताले आवाजविहीनका आवाजका रूपमा काम गरि रहेको समेत स्मरण गराए ।
उनीहरूले मुलुकमा अझै पनि पत्रकारले समाचार लेखकै भरमा विभिन्न आक्रमण, यातना र झमेला खेप्न परिरहेको घटना स्मरण गरे ।
साभार : काठमाडौं प्रेस
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
20 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
20 घन्टा पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
2 दिन पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
2 दिन पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
3 दिन पहिले