
‘जार’बारे अनुपविक्रम- यसको पात्रमा तयार हुन मैले अन्य फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेको छु
6 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,वैशाख २० गते । सन् १८०० को दशकमा नेपाली समाजको यथार्थ घटनामा आधारित चलचित्र ‘जार’ प्रदर्शनको तयारीमा छ । चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र अनुप विक्रम शाहीसँगै अभिनेत्री गीताञ्जली थापाले प्रमुख भूमिका निभाएका छन् ।
चैतमा रिलिज भएको ‘पिताम्बर’पछि ‘जार’मा देखिएका अभिनेता अनुपविक्रम यो चलचित्रको हिस्सा बन्न पाउनु आफ्नो करियरको ठूलो उपलब्धि रहेको बताउँछन् ।
चलचित्रको प्रचारप्रसारको क्रममा भारतको दार्जिलिङ पुगेका शाहीले स्थानीय पत्रकारहरूसँग कुरा गर्दै इन्द्रबहादुर राईद्वारा लिखित नेपाली समाजको ऐतिहासिक कृतिमाथिको चलचित्रमा अभिनय गर्न पाउनु नै आफ्नो लागि गर्वको कुरा रहेको बताए ।
उनी भन्छन, ‘यो चलचित्र मेरो लागि थप विशेष छ । मैले विगतमा गर्दै आएको पात्रबाट बाहिर निस्केर यो पटक बिलकुलै फरक पात्रलाई बोकेको छु । जारको पात्रमा तयार हुन मैले अन्य फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेको छु ।’
सिक्किम र दार्जिलिङका स्थानीय दर्शकसँग नजिकबाट साक्षात्कार गर्न पाउँदा खुशी लागेको बताउँदै उनले गोर्खाली पुर्खाको वास्तविक विगतलाई नजिकबाट थाहा पाउन ‘जार’ उपयुक्त विकल्प रहेको बताए ।त्यस्तै निर्देशक फुर्वाछिरिङ लामाले ‘जार’ले सयौँ वर्ष पुरानो गोर्खाली समाजको कथा बोलेको बताउँदै नयाँ पुस्तालाई नै आफ्नो फिल्म समर्पित गरिएकाले हेरेर साथ दिन आग्रह गरे ।‘यो चलचित्र हामीले गोर्खालीकै लागि तयार गरेका हौँ। आईबी राईज्यूको कथालाई जस्ताको तस्तै पर्दामा उतार्ने कोसिस गरेका छौँ’, उनले भने ।
कार्यकारी निर्माता ज्योति क्षेत्रीले पनि एउटा उत्कृष्ट चलचित्र तयार गर्न लगानीमा कुनै कम्प्रमाइज नगरिएको बताइन् । सिक्किम प्रिमियरमा प्राप्त दर्शक समीक्षाले उत्साहित बनाएको बताउँदै उनले यही वैशाख २६ गते चलचित्र प्रदर्शनमा आउँदा सिक्किम, दार्जिलिङ र नेपाल सबै ठाउँका दर्शकबाट साथ र माया पाउने विश्वास व्यक्त गरिन् ।
साभार : नेपाल प्रेस

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
12 घन्टा पहिले
क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..
12 घन्टा पहिले
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
2 दिन पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
2 दिन पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
2 दिन पहिले