‘जार’बारे अनुपविक्रम- यसको पात्रमा तयार हुन मैले अन्य फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेको छु
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,वैशाख २० गते । सन् १८०० को दशकमा नेपाली समाजको यथार्थ घटनामा आधारित चलचित्र ‘जार’ प्रदर्शनको तयारीमा छ । चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र अनुप विक्रम शाहीसँगै अभिनेत्री गीताञ्जली थापाले प्रमुख भूमिका निभाएका छन् ।
चैतमा रिलिज भएको ‘पिताम्बर’पछि ‘जार’मा देखिएका अभिनेता अनुपविक्रम यो चलचित्रको हिस्सा बन्न पाउनु आफ्नो करियरको ठूलो उपलब्धि रहेको बताउँछन् ।
चलचित्रको प्रचारप्रसारको क्रममा भारतको दार्जिलिङ पुगेका शाहीले स्थानीय पत्रकारहरूसँग कुरा गर्दै इन्द्रबहादुर राईद्वारा लिखित नेपाली समाजको ऐतिहासिक कृतिमाथिको चलचित्रमा अभिनय गर्न पाउनु नै आफ्नो लागि गर्वको कुरा रहेको बताए ।
उनी भन्छन, ‘यो चलचित्र मेरो लागि थप विशेष छ । मैले विगतमा गर्दै आएको पात्रबाट बाहिर निस्केर यो पटक बिलकुलै फरक पात्रलाई बोकेको छु । जारको पात्रमा तयार हुन मैले अन्य फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेको छु ।’
सिक्किम र दार्जिलिङका स्थानीय दर्शकसँग नजिकबाट साक्षात्कार गर्न पाउँदा खुशी लागेको बताउँदै उनले गोर्खाली पुर्खाको वास्तविक विगतलाई नजिकबाट थाहा पाउन ‘जार’ उपयुक्त विकल्प रहेको बताए ।त्यस्तै निर्देशक फुर्वाछिरिङ लामाले ‘जार’ले सयौँ वर्ष पुरानो गोर्खाली समाजको कथा बोलेको बताउँदै नयाँ पुस्तालाई नै आफ्नो फिल्म समर्पित गरिएकाले हेरेर साथ दिन आग्रह गरे ।‘यो चलचित्र हामीले गोर्खालीकै लागि तयार गरेका हौँ। आईबी राईज्यूको कथालाई जस्ताको तस्तै पर्दामा उतार्ने कोसिस गरेका छौँ’, उनले भने ।
कार्यकारी निर्माता ज्योति क्षेत्रीले पनि एउटा उत्कृष्ट चलचित्र तयार गर्न लगानीमा कुनै कम्प्रमाइज नगरिएको बताइन् । सिक्किम प्रिमियरमा प्राप्त दर्शक समीक्षाले उत्साहित बनाएको बताउँदै उनले यही वैशाख २६ गते चलचित्र प्रदर्शनमा आउँदा सिक्किम, दार्जिलिङ र नेपाल सबै ठाउँका दर्शकबाट साथ र माया पाउने विश्वास व्यक्त गरिन् ।
साभार : नेपाल प्रेस
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
22 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
22 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
2 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
3 दिन पहिले